बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • मल प्रकरणमा प्रचण्डका घरबेटीको कम्पनीलाई कारबाहीको सिफारिस

मल प्रकरणमा प्रचण्डका घरबेटीको कम्पनीलाई कारबाहीको सिफारिस

सम्झौताअनुसार रासायनिक मल नल्याएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीको ठेकेदार कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- सम्झौताअनुसार रासायनिक मल नल्याएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीको ठेकेदार कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ।

triton college

आइतबार बिहान बसेको कृषि सामग्री कम्पनी लिमिटेडको बैठकले प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनलाई कारबाही गर्न सिफारिस गरेको हो।

त्यस्तै लिमिटेडले होमनाथ कोइरालाको होविको मल्टीपललाई पनि समयमा मल नल्याएको भन्दै धरौटी जफत र कालोसूचीमा राख्न सिफारिस गरेको छ।

कृषि सामग्री कम्पनी लिमिटेडले दुई कम्पनीको पाँच–पाँच करोड धरौटी जफत गर्न कृषि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ।

यी दुई कम्पनीले लिमिटेडसँग भदौ २० गतेसम्ममा स्म्झौताअनुसार मल नेपाल भित्र्याइसक्नुपर्ने थियो। तर उनीहरुले मल ल्याउन म्याद थपको निवेदन दिएका छन्।

corrent noodles
Metro Mart

कृषि कम्पनीले ३ लाख ४ हजार ५ सय मेट्रिक टन मल आयात गर्न ७ कम्पनीलाई अनुमति दिएको थियो। जसमध्ये करिब साढे २ लाख टन मात्रै मल भित्रिएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले २ कम्पनीलाई कारबाहीको लागि गरिएको सिफारिस मन्त्रालयमा आएको बताए। उनले तत्कालै आवश्यक निर्णय गरिने जानकारी दिए।

भुसालले समयमा मल नल्याउने कम्पनीमाथि कारबाही गर्ने यसअघि नै प्रतिबद्धता व्यक्त गरिसकेका छन्। उनले सम्झौता अवधि सकिएपछि दुबै कम्पनीलाई कालोसूचीमा राखेर धरौटी जफत गर्ने बताइसकेका छन्।

ठेकेदारहरुले सम्झौताअनुसारको मल समयमै नल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग ५० हजार टन युरिया मल पैँचो दिन आग्रह गरेका थिए।

खेतीपातीको मुख्य सिजनमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग सापटी मागेको हो।

धानको बाला लाग्ने समयमा पनि मल नपाउँदा धान सुक्न थालेको कतिपय किसानले गुनासो गरेका छन्।

प्रकाशित: Sep 06, 2020| 16:55 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्