विराटनगर- कोरोना संक्रमणबाट विराटनगरमा एकजनाको मृत्यु भएको छ। विराटनगर २ का ७० वर्षीय पुरुषको शनिबार राति कोशी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका उनको कोशी अस्पताल विराटनगर नपुग्दै मृत्यु भएको थियो।
अस्पताल पुर्याउँदा मृत्यु भइसकेका उनको कोरोना परीक्षण गर्दा राति रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्टडेन्ड डा. चुमनलाल दासले जानकारी दिए।
विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।