काठमाडौं– गोरखाको गोरखा नगरपालिका–७ निवासी ७६ वर्षीय महिलाको निधनपछि कोरोना संक्रमण पुष्टि भएको छ।
मृत महिलामा कोभिड–१९ को संक्रमण पुष्टि भएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुवदीले जानकारी दिइन्।
शनिबार अचेत अवस्थामा गोरखा अस्पताल ल्याइएकी उनलाई मस्तिष्कघात भएको अस्पतालले जनाएको छ।
मृत्युपछि कोरोना परीक्षण गर्दा पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। योसहित गण्डकीमा कोभिड –१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।