चितवन- भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ ।
परिक्षणबाट चितवनका ३० जना, नवलपुरका ३ जना र कास्कीका एक जनामा कोरोना पुष्टि भएको अस्पतलको कोभिड ल्याबकी प्रमुख डाक्टर नितु अधिकारीले दिएको जानकारी दिइन् ।
चितवनका संक्रमित मध्ये भरतपुर महानगरको वडा नम्बर २, ३, ५, ६, ७, ८, ९, १०, १३, १८, २१ र २२ का २९ जना रहेका छन् भने राप्ती नगरपालिका–२ का एक जना रहेका छन् ।
अस्पतालमा शनिबार १३४ नमुना परिक्षण गरिएको थियो ।