बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसमा विभाग गठन र मनोनयन खारेज गर्न असन्तुष्ट समूहको माग

कांग्रेसमा विभाग गठन र मनोनयन खारेज गर्न असन्तुष्ट समूहको माग

नेपाली कांग्रेसको असन्तुष्ट समूहले विधानविपरीत गठित विभाग र मनोनयन खारेज गर्न माग गरेको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं- नेपाली कांग्रेसको असन्तुष्ट समूहले विधानविपरीत गठित विभाग र मनोनयन खारेज गर्न माग गरेको छ।

triton college

पार्टी सभापति शेरबहादुर देउवा इतरका केन्द्रीय सदस्यहरुको राजधानीमा शनिबार बसेको बैठकले मनोमानी ढंगबाट भएका विभाग गठत र मनोनयन खारेज गर्न माग गरेको हो।

सभापति देउवाले पार्टीका विभिन्न विभाग गठन गरी तिनमा सदस्यहरुलाई मनोनयन गर्दै आएका छन्। देउवाको यस्तो गतिविधि पार्टी विधानविपरीत रहेको दाबी उनी इतर समूहको छ।

कांग्रेसको विधानअनुसार महाधिवेशन सकिएको ६ महिनाभित्रमा विभाग गठन गर्नुपर्ने हुन्छ।

तर, कार्यकाल सकिएपछि महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा देउवाले विभाग गठन लगायतका काम जारी राखेपछि इतर समूहका नेता असन्तुष्ट छन्।

corrent noodles
Metro Mart

‘विगतमा पार्टी सभापतिलाई ज्ञापनपत्र बुझाएका थियौं। त्यसैको निरन्तरताअनुसार बैठक बसेको हो,’ केन्द्रीय सदस्य जीवन परियारले भने, ‘पार्टीका वरिष्ठ नेता, निर्वाचित महामन्त्री, कोषाध्यक्ष लिखित रुपमा बुझाउदा पनि मतलब गरिएको छैन।’

सभापतिले नेताहरुले ध्यानाकर्षण गराएको विषयमा जवाफ नदिई विधानविपरीत काम गर्दै आएको उनको भनाइ छ।

जिल्ला तहमा रहेको विवाद तथा अन्य थुप्रै समस्या समाधान नगरेसम्म महाधिवेशन निष्पक्ष हुन्छ भन्ने विश्वास नभएको बैठकको ठहर छ।
‘महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि सभापति देउवाले एकलौटी विभाग गठनलगायत पार्टी विधानविपरीतका गतिविधि जारी राख्नुभएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘यी सबै गतिविधि तत्काल रोक्न बैठकले भनेको छ। नभए देउवाविरुद्ध चरणबद्ध दबाब कार्यक्रम अघि बढाइनेछ।’

नेपाली कांग्रेसका ४७ वटा विभागमध्ये देउवाले २० वटा विभागमा नेताकार्यकर्तालाई जिम्मेवारी दिएका छ्न्।

देउवा इतर पक्षले सभापति देउवाले विधानविपरीत गरेका कामको अध्ययन गर्न केन्द्रीय सदस्यहरू गुरु घिमिरे, जीवन परियार र बद्री पाण्डे रहेको समिति बनाएको थियो। समितिले सभापतिलाई अल्टिमेटम दिने, देशभर अन्तरक्रिया, धर्ना, पदाधिकारीबाट राजीनामा, आफूनिकटका भ्रातृ संस्थाका पदाधिकारी फिर्ता बोलाउने लगायतका प्रस्ताव गरेको थियो। बैठकमाम यिनै विषयमा छलफल केन्द्रित भएको नेताहरुले बताएका छन्।

जुम मिटिङमार्फत गरिएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, महेश आचार्य, गुरु घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, जीवन परियार, बद्री पाण्डे, गगन थापालगायत सहभागी थिए।

प्रकाशित: Sep 05, 2020| 20:22 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।