बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरियन एयरलाइन्सले नल्याएपछि ३७ नेपाली कोरियामै अलपत्र

कोरियन एयरलाइन्सले नल्याएपछि ३७ नेपाली कोरियामै अलपत्र

कोरियन एयरलाइन्सको जहाजले नल्याएपछि कोरियाको विमानस्थलमै अलपत्र परेका ३७ नेपालीको उद्धार अनिश्चित बनेको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं– कोरियन एयरलाइन्सको जहाजले नल्याएपछि कोरियाको विमानस्थलमै अलपत्र परेका ३७ नेपालीको उद्धार अनिश्चित बनेको छ।

triton college

सम्पूर्ण प्रक्रिया पुर्‍याएर शुक्रबार बिहान नेपाल आउने तयारीमा रहेका ३७ जनालाई कोरियन एरलाइन्सले विमानस्थलमै छोडेर उडेको थियो।

शुक्रबार स्थानीय समयअनुसार दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ बजे दक्षिण कोरियाबाट काठमाडौं आउने कोरियन एयरलाइन्सको जहाजमा उड्न उनीहरूले टिकट काटेका थिए।

सो उडानमा उनीहरूसँगै २ सय ३८ नेपाली स्वदेश फर्किने तय भएको थियो। तर, अन्तिम समयमा एयरलाइन्सका प्रतिनिधिहरुले कोरोना परीक्षण गरेको रिपोर्ट अस्पष्ट भएको भन्दै ३७ जनालाई उतै छोडेको थियो।

उनीहरुलाई करिब २० घण्टापछि विमानस्थलबाट सुरक्षित स्थानमा सारिएको थियो।

corrent noodles
Metro Mart

इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका एक युवती र ३६ जना युवकको अर्को उडानमा उद्धार हुने सोलस्थित नेपाली दूतावासले जनाए पनि निश्चित भने भइसकेको छैन।

एयरलाइन्सले उनीहरूको रिपोर्टमा ‘पीसीआर’ नलेखिएको भनेको थियो तर अलपत्र पर्नेमध्येका एक बाजुराका प्रभाव शाहीले सबै जनाले कोरोनाको ‘पीसीआर’ परीक्षण गरेको दाबी गरे।

रिपोर्टमा पीसीआर शब्द नलेखिनु आफ्नो दोष नभएको बताउँदै उनीहरुले यसबारेमा टिकट बिक्रेता एजेन्सी केएमआई ट्राभल्स र सम्बन्धित एयरलाइन्स नै जिम्मेवार हुने बताए।

दुतावासले भने ३४ जनाको कोरोना परीक्षण रिपोर्टमा भएको त्रुटि, २ जनाको अध्यागमनसम्बन्धी समस्या र १ जनाको उच्च तापक्रमको कारणले गरी जम्मा ३७ जना नेपाली स्वदेश फर्किनबाट वञ्चित भएको जनाएको छ।

सो विषयमा आफूहरुलाई कोरियन एयरले पत्र पठाएको दूतावासले जनाएको छ। अब हुने तत्कालको अर्को उडानमा फेरि टिकट काट्नु नपर्ने गरी पीसीआर रिपोर्टको त्रुटि र उच्च तापक्रमको कारणले रोकिएका यात्रुको व्यवस्थापन गर्ने सहमति भएको पनि दूतावासले फेसबुकमार्फत् जानकारी दिएको छ।

यस्तै उपयुक्त ढंगले पीसीआर रिपोर्ट नदिने स्वास्थ्य संस्थालाई एनआरएनका स्थानीय प्रतिनिधिले निःशुल्क पुनः पीसीआर गराउन समन्वय गरिदिन दूतावासलाई अनुरोधसमेत गरेका थिए।

नेपाल फर्किन नपाई अलपत्र परेका नेपालीहरुलाई अर्को उडान नहुँदासम्म खाने तथा बस्ने व्यवस्थापन भइरहेकोसमेत दूतावासले जनाएको छ।

तर शाहीले भने दुतावासले कुनै पहल नगरेको बताए। के एमई ट्राभल्सका प्रतिनिधिसँग आफूहरुले नै शनिबार सहमति गरेको पनि उनले जानकारी दिए।

पुनः पीसीआर परीक्षणमा ५० प्रतिशत छुट दिन पहल गर्ने, सेप्टेम्बर ११ तारिक सम्म प्लेन उडाउन दुतावास सँग पहल गर्ने तथा २०० यात्रु पुगेपछि मात्र प्लेन उडाउने सहमति भएको शाहीले बताए।

‘ट्राभल्ल एजेन्सीले सेल्टरमा राख्ने भनेपछि सेल्टरमा बस्दा साथीहरु छरिनु पर्ने भएकाले आफै पैसा तिर्ने गरी होटलमा बसेका छौं’ शाहीले नेपाल समयसँग भने,‘दुतावासले कुनै चासो देखाएको छैन।’

कोरोना महामारीबाट जागिर गुमेका कारण लामो समयदेखि बरोजगार बसेका युवाहरु महंगो टिकट भाडा तिरेर घर फर्किरहेका छन्।

प्रकाशित: Sep 05, 2020| 16:45 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।