बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ५१ जिल्लामा थपिए कोरोना संक्रमित, सबैभन्दा बढी काठमाडौंमा ३२६ जना

५१ जिल्लामा थपिए कोरोना संक्रमित, सबैभन्दा बढी काठमाडौंमा ३२६ जना

पछिल्लो २४ घण्टामा मुलुकका ५१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकका ५१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

triton college

सबैभन्दा बढी काठमाडौंमा ३२६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित थपिएका जिल्लामा इलाममा एक, झापामा सात र मोरङमा ३५ छन्।

ओखलढुंगामा दुई जना संक्रमित थपिएका छन् भने उदयपुरमा तीन तथा सुनसरीमा २० जना संक्रमित थपिएका छन्।

बारामा १३, धनुषामा सात, महोत्तरीमा १६ र पर्सामा थप १० जनामा संक्रमण भएको छ भने संक्रमित थपिएका अन्य जिल्लामा सप्तरी २०, सर्लाही १७ र सिरहा ४१ जना छन्।

corrent noodles
Metro Mart

भक्तपुरमा ४५, चितवनमा ४५, धादिङमा १०, दोलखा र काभ्रेमा ६ ६ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

ललितपुरमा ३७, मकवानुपरमा ३५, नुवाकोटमा एक, रामेछापमा पाँच र सिन्धुलीमा थप दुईजनामा संक्रमण भएको छ।

कास्कीमा २३, गोरखामा १७, बागलुङमा ६, लमजुङमा २२, पूर्वी नवलपरासीमा पाँच, पर्वतमा एक, स्याङ्जामा तीन, तनहुँमा तीन जना संक्रमित थपिएका छन्।

यसैगरी अर्घाखाँचीमा एक, बाँकेमा ६२, बर्दियामा सात र दाङमा ३९ जनामा संक्रमण भएको छ।

गुल्मीमा ६, कपिलवस्तुमा एक, पश्चिम नवलपरासीमा १३, पाल्पामा तीन, प्यूठानमा एक, रोल्पामा एक र रुपन्देहीमा ७१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

दैलेखमा तीन, जाजरकोटमा तीन र सल्यानमा थप दुई जनामा संक्रमण भएको छ।

बझाङमा १६, डडेल्धुरामा एक, डोटीमा दुई, कैलालीमा चार र कञ्चनपुरमा पाँच जनामा संक्रमण भएको छ।

यसरी शनिबार ३४९ महिला र ६९७ पुरुष गरी एक हजार ४६ जनामा कोरोना संक्रमण भएको छ।

आजसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। पछिल्लो २४ घण्टामा संक्रमणबाट एक हजार ५६६ जना मुक्त भएका छन्। यसरी संक्रमणमुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ। यो कुल संक्रमितको ६० प्रतिशत हो।

प्रकाशित: Sep 05, 2020| 16:43 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।