बुधबार, वैशाख १२, २०८१

सकुशल बच्चा जन्माउन पाए भाग्यमानी ठान्छन् अफगान महिला

राबिया आफ्नो नवजात शिशुलाई काखमा बिस्तारै-बिस्तारै थपथपाइरहेकी थिइन्। अफगानिस्तानको पूर्वी क्षेत्र नन्गरहार प्रान्तमा एक सानो अस्पतालमा केही दिन पहिले रबियाले शिशु जन्माएकी हुन्।
 |  बुधबार, असोज ६, २०७८

बीबीसी

बीबीसी

बुधबार, असोज ६, २०७८

काठमाडौं- राबिया आफ्नो नवजात शिशुलाई काखमा थपथपाइरहेकी थिइन्। अफगानिस्तानको पूर्वी क्षेत्र नन्गरहार प्रान्तमा एक सानो अस्पतालमा केही दिनपहिले रबियाले शिशु जन्माएकी हुन्। राबिया भन्छिन्, 'यी मेरो तेस्रो सन्तान हुन्। यो पटकको अनुभव निकै फरक छ। र, डर लागिरहेको थियो।'

triton college

राबियाले अस्पतालको जुन प्रसूति विभागमा बच्चालाई जन्म दिएकी थिइन् त्यहाँ केही हप्तापहिले सामान्य सुविधा पनि बचेको थिएन। बच्चा जन्माउँदै गर्दा राबियालाई पीडा कम हुने औषधिसम्म दिइएको थिएन। उनले अन्य औषधि पनि पाएकी थिइनन्। किनकि अस्पतालमा कुनै औषधि थिएन। यहाँसम्म कि उनले खानासम्म पाइनन्।

अस्पतालमा तापक्रम ४३ डिग्री सेल्सिएससम्म थियो। बिजुली काटिएको थियो। जेनरेटर चलाउन तेल पनि थिएन। राबियाको प्रसूतिमा काम गरेकी स्वास्थ्यकर्मी भन्छिन्, 'शरीरबाट नुहाउँदा पानी झरे झैँ पसिना झरिरहेको थियो।'

उनले मोबाइल फोनको उज्यालोमा थकान नै महसुस नगरेर सेवा प्रदान गरेको बताएकी छन्। सकुशल बच्चा जन्माएपछि उनलाई भाग्यमानी मानिएको छ।

corrent noodles
Metro Mart

विश्व स्वास्थ्य संगठनले प्रसवको अवस्थामा र नवजात शिशुको मृत्युदर अफगानिस्तानमा विश्वमै  सबैभन्दा बढी भएको जनाएको छ। त्यहाँ एक लाख बच्चामा ६ सय ३८ जनाको जन्मदै ज्यान जान्छ।  पहिले अवस्था झनै नाजुक थियो। २००१ मा अमेरिकी हमलापछि स्थिति सुध्रिएको थियो। तर, फेरि अवस्था नाजुक उन्मुख छ।

राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले महिलालाई तुरुन्त सहयोग नगरे २०२५ सम्म प्रसवका क्रममा ५१ हजार अतिरिक्त मृत्यु हुने जनाएको छ। ४८ हजार महिला नचाहेरै गर्भवती हुन सक्ने युएनएफपीएको आकलन छ। अब महिलालाई परिवार नियोजनको सुविधा पाउन पनि मुस्किल हुने बताइएको छ।

सार्वजनिक स्वास्थ्यका प्रमुख डाक्टर वाहिद मजरुहले भने, 'पूरै अफगानिस्तानमा प्राथमिक स्वास्थ्य सेवाको अवस्था नाजुक रहेको छ।'

अफगानिस्तानसँग अन्य देशको सम्बन्ध टुटेको छ। तालिबानले सत्ता कब्जा गरेसँगै विदेश सहायता आउन छाडेको छ।अमेरिकालगायत पश्चिमी देश र विश्व स्वास्थ्य संगठन जस्ता समूह तालिबानलाई फन्ड उपलब्ध गराउन र मेडिकल सप्लाई गर्न चाहिरहेका छैनन्। अफगानिस्तानमा कोरोना महामारीको चौथो सम्भावित जोखिमलाई लिएर कुनै तयारी थालिएको छैन।

आबिदा जहाँ बस्छिन् त्यहाँ पैसा अभावमा एम्बुलेन्स सेवा सञ्चालन हुन सकेको छैन। उनीहरूसँग तेल किन्न पैसा छैन। आबिदा भन्छिन्, 'केही दिनपहिले एक रात एक महिलालाई एम्बुलेन्स आवश्यक परेको थियो। उनलाई निकै पीडा भइरहेको थियो। हामीले ट्याक्सी पनि पाएनाैं।'

बल्लबल्ल एउटा कार पाएको र कारमै ती महिलाले शिशुलाई जन्म दिएको उनले बताएकी छन्। 'कारमै बच्चा जन्माउँदा उनी बेहोस थिइन्। चर्को गर्मीमा प्रसव पीडाले ती महिलाको अवस्था नाजुक बनेको थियो। हामीलाई उनी र बच्चा बाँच्छन् लागेको थिएन', उनले भनिन्।

डाक्टर कानमले आफूहरूले दिनरात काम गरिरहेको बताएकी छन्। स्वास्थ्य सेवालाई राम्रो गर्न चाहिरहे पनि पैसा आवश्यक रहेको  उनको भनाइ छ।

यूएनएफपीएले अफगानी महिलाका लागि २९२ लाख अमेरिकी डलर सहयोग मागेको छ। स्वास्थ्य सेवाका लागि अत्यावश्यक सामान आउनले अनुमति पाइने संगठनले विश्वास लिएको छ। अत्यावश्यक सामान आएपछि मोबाइल हेल्थ क्लिनिक तैनाथ गर्न सकिने यूएनएफपीएको विश्वास छ।

बालविवाह गर्ने दर बढ्ने र चाँडै बच्चा पैदा गर्ने क्रम बढ्ने जोखिमसँगै गर्भवती महिला र शिशुको ज्यान जाने दर बढ्नसक्ने आकलन गरिएको छ।

नन्गरहार प्रान्तमा रहने जर्मिनाले भनेकी छन्, 'मेरा श्रीमान् गरिब मान्छे हुन्। उहाँ हाम्रा बच्चाको पालनपोषणका लागि काममा जुटिराख्नुहुन्छ। उहाँलाई म आफूसँग अस्पताल जान पनि भन्न सक्दैन।' अफगानिस्तानमा पुरुषसँग अनिवार्य अस्पताल पुग्नुपर्ने हुन्छ। आबिदाले पुरुषसँगै हुनुपर्ने सर्तका कारण जर्मिना जस्ता थुप्रै महिलाले परीक्षण गर्न पाएका छैनन्।

विश्व स्वास्थ्य संगठनका अनुसार अफगानिस्तानमा प्रत्येक १० हजार मानिसका लागि ४.५ डाक्टर, नर्स उपलब्ध छन्। उक्त संख्या भनेको निकै कम हो। यो आवश्यकता भन्दा पाँच गुणा कम भएको स्वास्थ्य संगठनले जनाएको छ।

प्रकाशित: Sep 22, 2021| 11:23 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।