भैरहवा– जिल्ला प्रशासन कार्यलय रुपन्देहीले जिल्लामा जारी गरेको निषेध आदेश खुकुलो पारेको छ।
प्रमुख जिल्ला अधिकारि माहदेव पन्थले २८ गतेसम्मका लागि जारी गरेको निषेध आदेशमा विहान ११ बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दिईएको छ। तर, दैनिक उपभोग्य वस्तु र सेवाका पसल विहान ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्ममात्र सञ्चालन गर्न पाइने भनिएको छ।
त्यस्तै मुख्य राजमार्गबाहेकका स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
प्रजिअको आदेशमा उद्योग धन्दा सञ्चालन लगायतका गतिविधि संघीय सरकारले तोकेको मापदण्ड अनुसार हुने उल्लेख छ।