शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरका दुई स्थान सात दिनसम्म निषेधित क्षेत्र घोषणा

ललितपुरका दुई स्थान सात दिनसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं– ललितपुरका दुई स्थानलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ। आज शुक्रबार राति १० बजेबाट निश्चित क्षेत्रमा लगाइएको कर्फ्यू हटाएर निषेधित क्षेत्र तोकिएको हो।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं– ललितपुरका दुई स्थानलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ। आज शुक्रबार राति १० बजेबाट निश्चित क्षेत्रमा लगाइएको कर्फ्यू हटाएर निषेधित क्षेत्र तोकिएको हो।

triton college

२० भदौदेखि २६ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएका क्षेत्रमा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन पाइने छैन।

निषेध आदेश बिहान ५ बजेदेखि राति १० बजेसम्म लागू हुनेछ। रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र अन्तर्गत पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तर बखुण्डोल चोकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

त्यस्तै मिन नाथको रथ रहेको आसपास क्षेत्रमा पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडीको चोक, दक्षिण पूर्णचण्डि मन्दिर र उत्तरमा पिमवहाल क्षेत्र रहेको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३०क बमोजिम आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिएका छन्।

आदेशको उल्लंघन गरेमा कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न उपत्यकामा जारी निषेध आदेशको उल्लंघन गर्दै बिहीबार रथ तानेपछि झडपको स्थिति सिर्जना भएको थियो।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 04, 2020| 22:04 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।