काठमाडौं- राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई पठाउन सिफारिस गर्ने निर्णय नगरी मन्त्रिपरिषद्को आजको बैठक सकिएको छ।
आजको बैठकबाटै गौतमलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने अनुमान थियो। तर, आज उक्त प्रस्तावमा कुनै छलफल नै नभएको एक मन्त्रीले जानकारी दिए।
‘आज बैठक डाकिएपछि हामीले पनि सिफारिसको निर्णय हुन्छ भन्ने सोचेका थियौँ,’ ती मन्त्रीले भने, ‘तर, आज त्यस विषयमा कुनै छलफल नै भएन।’
सत्तारुढ दल नेकपाको बिहीबार बसेको सचिवालयको बैठकले रिक्त सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय भएको थियो।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै रिक्त सदस्य पदमा गौतमलाई मन्त्रिपरिषद्ले सिफारिस गर्न लागेको बैठकलाई जानकारी गराएका थिए।