शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मनमोहन अस्पतालको इमरजेन्सीमा यसरी भएको थियो भिडन्त (भिडियो)

मनमोहन अस्पतालको इमरजेन्सीमा यसरी भएको थियो भिडन्त (भिडियो)

स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज शिक्षण अस्पतालमा भएको आक्रमणमा दोषीलाई कारबाही गर्ने प्रहरीले प्रतिबद्धता जनाएपछि आकस्मिक सेवा सञ्चालनमा आएको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं– स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज शिक्षण अस्पतालमा भएको आक्रमणमा दोषीलाई कारबाही गर्ने प्रहरीले प्रतिबद्धता जनाएपछि आकस्मिक सेवा सञ्चालनमा आएको छ। अस्पतालका निर्देशक डा. धर्म सुवेदीका अनुसार स्वयम्भु प्रहरीले घटनामा संलग्न ३ जनालाई प्रक्राउ गरेको छ।

triton college

सुवेदीका अनुसार बिहीबार दिउँसो बालाजुस्थित रानीवनमा फुटसल खेल्ने क्रममा युवाहरुबीच झगडा भयो। त्यसक्रममा ४ जना घाइते भए। उनीहरुलाई स्वयम्भुस्थित मनमोहन अस्पतालमा ल्याइयो। बेलुका ९ बजेतिर ८–१० जना मानिसहरु अस्पताल आइपुगे र इमर्जेन्सी कक्षभित्र जबरजस्ती छिरेर घाइतेहरुलाई पिट्न थाले।

अस्पतालका निर्देशक सुवेदीका अनुसार स्थिति नियन्त्रणमा नआएपछि प्रहरी बोलाइयो। सुवेदीले भने, ‘केही समय स्थिति नियन्त्रणमा आयो, तर फेरि ३० जना जतिको समूह आएर इमर्जेन्सीमा प्रवेश गरी कुटाकुट गर्न थाले। अस्पतालका चिकित्सक, कर्मचारी तथा स्वास्थ्यकर्मीलाई समेत हातपात गर्न थाले। मानिसहरु अस्पतालमै घाइते हुन थालेपछि सशस्त्र प्रहरी आएर स्थितिलाई नियन्त्रणमा लिएको हो।’

अस्पतालका थुप्रै उपकरण तोडफोड भएको निर्देशक सुवेदीले बताए। आकस्मिक कक्ष नै रक्ताम्य भएपछि आकस्मिक सेवासमेत बन्द गर्नुपरेको उनको भनाइ छ।

उनका अनुसार अस्पतालमा १५ लाख रुपैयाँबराबरको स्वास्थ्य उपकरण क्षति भएको छ भने स्वास्थ्यकर्मीहरु घाइते भएका छन्। भिडन्त छुट्याउन खोज्दा सेक्युरिटी गार्डलाई नै पिटेर ढाड भाँचिएको उनले बताए। ‘सेक्युरिटी गार्ड उठ्न नसक्ने अवस्थामा छन्,’ उनले भने।

corrent noodles
Metro Mart

मनमोहन अस्पतालको आकस्मिक कक्षभित्रै बिरामीमाथि आक्रमण, अस्पताल बन्द

 

 

प्रकाशित: Sep 04, 2020| 14:56 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।