मंगलबार, वैशाख ११, २०८१

बराबरीका साथ सन्दीपको टिम तलावाज चौथो स्थानमा कायमै

काठमाडौं– वर्षाका कारण खेल प्रभावित बनेपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाज र सेन्ट किट्स एण्ड नेविस पेट्रियोट्सले सीपीएलमा अंक बाँडेका छन्। ट्रिनिडाड एण्ड टोबागोमा वर्षाका कारण खेल प्रभावित बनेपछि दुवै टिमले अंक बाँडेका हुन्।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं– वर्षाका कारण खेल प्रभावित बनेपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाज र सेन्ट किट्स एण्ड नेविस पेट्रियोट्सले सीपीएलमा अंक बाँडेका छन्। ट्रिनिडाड एण्ड टोबागोमा वर्षाका कारण खेल प्रभावित बनेपछि दुवै टिमले अंक बाँडेका हुन्।

triton college

अंक बाँडे पनि तलावाज शीर्ष चारमा कायमै छ। अब उसलाई सेमीफाइनल पुग्नका लागि बाँकी दुई खेल जित्नैपर्ने दबाब परेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको तलावाजले ५.४ ओभर खेलेर ४६ रन बनाएपछि मैदानमा वर्षा सुरु भएको थियो। लामो समयसम्म पनि वर्षा नरोकिएपछि दुवै टिमले अंक बराबरी गरे।

बिहीबार रातिको खेलमा अंक बराबरी गरेसँगै जमैका तलावाजको ७ अंक भएको छ भने सेन्ट किट्सले ३ अंक जोडेको छ। जमैका ७ अंकका साथ चौथो स्थानमा कायम छ।

अहिलेसम्मको नतिजा अनुसार एक खेल मात्र बाँकी रहेको ट्रिनिडाडले ४ अंक बनाउँदै पाँचौ स्थानमा छ भने सेन्ट किट्स पुछारमा छ।

corrent noodles
Metro Mart

गएरातिको खेलसँगै १६ अंकका ट्रिनबागो नाइट राइडर्स अंकतालिकाको शीर्षस्थानमा छ, १२ अंकका साथ दोस्रो स्थानमा गुएना अमेजन वारियर्स छ भने १० अंक बनाएको सेन्ट लुसिया जोउक्स तेस्रो स्थानमा छ।

 

प्रकाशित: Sep 04, 2020| 07:01 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।