शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा बैठक : स्थायी कमिटीको कार्यसूची तयार पार्ने जिम्मेवारी अध्यक्षद्वयलाई

नेकपा बैठक : स्थायी कमिटीको कार्यसूची तयार पार्ने जिम्मेवारी अध्यक्षद्वयलाई

सत्तारुढ नेकपाले पार्टी, सरकार र स्थायी कमिटी बैठकमा पेस गरिने कार्यसूची तयार पार्ने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– सत्तारुढ नेकपाले पार्टी, सरकार र स्थायी कमिटी बैठकमा पेस गरिने कार्यसूची तयार पार्ने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ।

triton college

पार्टीको बिहीबार बसेकाे सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको सुझावका सम्बन्धमा निर्णय गर्नका निम्ति आवश्यक प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई बताए।

उनले भने, ‘कार्यदलबाट प्रस्तुत प्रतिवेदनका महत्त्वपूर्ण सुझाव र सचिवालय बैठकमा नेताहरूबाट व्यक्त विचारहरूलाई समेत ध्यान दिई अध्यक्षद्वयलाई अब पार्टी र सरकारका सन्दर्भमा तथा स्थायी कमिटीको बैठकमा प्रस्तुत कार्यसूचीका सन्दर्भमा निर्णय गर्नका निम्ति आवश्यक प्रस्ताव तयार गर्ने जिम्मेवारी दिइएको छ।’

अब अध्यक्षद्वयले सोहीअनुसार गृहकार्य गर्ने प्रवक्ता श्रेष्ठले बताए। त्यसपछि अध्यक्षद्वयले तयार पारेको प्रस्तावउपर स्थायी कमिटी बैठकमा छलफल हुनेछ। स्थायी कमिटी बैठक उपयुक्त समयमा डाकिने निर्णय भएको उनले बताए।

प्रवक्ता श्रेष्ठका अनुसार स्थायी कमिटीमा भएको छलफल र सुझावलाई समेत ध्यान दिई अध्यक्षद्वयले नयाँ ठोस कार्ययोजनासहितको निर्णय प्रस्तावलाई अन्तिम मस्यौदाका रूप दिनेछन्। त्यसलाई सचिवालय पारित गरेपछि स्थायी कमिटी बैठकमा प्रस्ताव गरी निर्णय गरिने श्रेष्ठले बताए।

corrent noodles
Metro Mart

सचिवालयले समयमै प्रतिवेदन पेस गरेकोमा कार्यदललाई धन्यवाद दिएको छ। पार्टी एकतामा देखिएको विवाद समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।

कार्यदलमा जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए। कार्यदलले भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो।

आजको बैठकको सुरुमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले कोभिड १९ को तीव्रता, निराकरणका सन्दर्भमा भइरहेका कामकारबाही र बाढीपहिरोबाट भएका क्षति र उद्धारका बारेमा जानकारी गराएका थिए।

यस्तै बैठकले सामाजिक सहिष्णुता कायम गर्दै सिंगो राष्ट्र एक भएर कोभिडबाट उत्पन्न समस्या समाधान गर्न सबैलाई अपिल गरेको छ।

सचिवालयले बाग्लुङको ढोरपाटनमा बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। सरकारलाई उद्धार र राहतका लागि अनुरोध गरिएको प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित: Sep 03, 2020| 18:35 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।