शुक्रबार, वैशाख १४, २०८१

एनसेल आजियाटाले ल्यायो आकर्षक ‘ननस्टप’ अफर

 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं- एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप चलाउन मिल्नुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा रहेको नन्स्टप युट्युबप्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको जनाएको छ ।

triton college

‘प्लस’ थिमअन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु बिहीबार (भदौ १८) देखि संचालनमा आएको एनसेलले जनाएको छ । यस आकर्षक योजनामा ग्राहकले आफुलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरेपछि त्यस प्याकको समय सिमा बाँकी भएसम्म नन्स्टप मजा लिन सक्नेछन् । जस्तै यदि कुनै ग्राहकले ७ दिनको नन्स्टप टिकटक प्याक सय (कर सहित रु १२७.६९) मा सुचारु गरेमा एक हप्ताभरी टिकटकको नन्स्टप मजा लिन सक्ने जनाइएको छ । यस्तै यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि नन्स्टप युट्युब प्याक पनि रहेको एनसेलले जनाएको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार मात्र २५ (कर सहित ३१.९२) मा १ दिनको समय सिमा रहेको यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटा सहितको ७ दिनको समयसिमा रहेको  युट्युबवा फेसबुकको कम्बो प्याकमात्र १५० (कर सहित रु १९१.५४) मा सुचारु गर्न सक्छन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको नन्स्टप युट्युबप्याक ३६० (कर सहित ४५९.६८) मा खरिद गर्न सक्छन् । बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।

७ दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको कम्पनीले जनाएको छ । ग्राहकले उल्लेखित नन्स्टप प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र २० (कर सहितमात्र २५.५४) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युबचलाउनको लागि प्रयोग गर्न सक्छन् । 

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गरी नन्स्टप अफरको लागि प्राप्त निर्देशन अनुसार आफ्नो मनपर्ने प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत पनि आफ्नो मनपर्ने प्याक सुचारु गर्न सक्नेछन् ।

corrent noodles
Metro Mart

एनसेल आजियाटाका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकका लागि उनीहरुले मन पराउने सामाजिक सञ्जालमा सहजै पहुँच सुनिश्चित गराउन यी आकर्षक प्याकहरु ल्याएको बताए । “सुलभ शुल्कमा आफ्नो प्राथमिकतामा रहेको सामाजिक सञ्जाल नन्स्टप प्रयोग गर्न पाईने र साथै इन्टरनेटमा अन्य सामाग्री हेर्न पनि थप ४ जीबी डेटा बोनस पाईने सुविधाले ग्राहकमाझ ठूलो महत्व राख्ने कुरामा हामी विश्वस्त छौं” उनले भने ।

 आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेल आजियाटाले वायर फ्रीप्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युबप्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिमप्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जाने एनसेलले जनाएको छ । 

प्रकाशित: Sep 03, 2020| 18:15 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्