शुक्रबार, वैशाख १४, २०८१

नेकपा सचिवालय बैठक सुरु

अर्थमन्त्री डा. खतिवडालाई निरन्तरता दिन राष्ट्रिय सभामा मनोनयन गर्ने वा वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने भन्ने विषयमा छलफल गर्न सत्तारुढ नेकपा सचिवालय बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– अर्थमन्त्री डा. खतिवडालाई निरन्तरता दिन राष्ट्रिय सभामा मनोनयन गर्ने वा वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने भन्ने विषयमा छलफल गर्न सत्तारुढ नेकपा सचिवालय बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

triton college

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि सचिवालय बैठक सुरु भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।

यद्यपि आजको सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनसँगै राष्ट्रिय सभामा रिक्त सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने वा डा. युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा केन्द्रित हुने बताइएको छ। खतिवडाको कार्यकाल २० गते सकिँदै छ।

प्रधानमन्त्री केपी शर्मा ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन्। तर, यस विषयमा पार्टीभित्र सहमति बन्न सकेको छैन। पार्टी उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएपछि ओली संकटमा परेका छन्।

corrent noodles
Metro Mart

पार्टी एकतामा देखिएको विवाद समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।
कार्यदलमा जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए। कार्यदलले भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ।

प्रकाशित: Sep 03, 2020| 15:40 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।