शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा ६४ हजारको कोरोना परीक्षण, झण्डै ६ हजार संक्रमित

सुदूरपश्चिममा ६४ हजारको कोरोना परीक्षण, झण्डै ६ हजार संक्रमित

धनगढी सुदूरपश्चिम प्रदेशमा झण्डै ६४ हजारको कोरोना परिक्षण गरिएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

भीम चौधरी

भीम चौधरी

बिहीबार, भदौ १८, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा झण्डै ६४ हजारको कोरोना परिक्षण गरिएको छ। स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार हालसम्म ६३ हजार ६८३ जनाको कोरोना परिक्षण गरिएको हो।

triton college

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३३ हजार २१०, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ हजार ३१८, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १२ हजार ७८७ र डोटी अस्पतालमा १ हजार १८४ जनाको कोरोना परिक्षण गरिएको छ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार प्रदेशमा हालसम्म सबै जिल्ला गरेर ६५ हजार दुई सय ४१ थ्रोट स्वाब संकलन गरिएको छ। संकलन गरिएको थ्रोट स्वाबमध्ये १ हजार ५५८ जनाको नतिजा आउन बाँकी छ।

झण्डै ६ हजारमा संक्रमण

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ९११ पुगेको छ। स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ७४१ छ।

corrent noodles
Metro Mart

डोटीमा ९४७, अछाममा ९१७, कञ्चनपुरमा ६८६, बाजुरामा ४५२, बझाङमा ४२१, बैतडी ३८०, डडेल्धुरामा ३१९ तथा दार्चुला ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशमा हालसम्म ५ हजारले कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

९०० सक्रिय केस

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको एक्टिभ केस ९०० रहेको छ। प्रदेशको कैलालीमा सबैभन्दा बढी ९९४ एक्टिभ केस रहेको स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ। निर्देशनालयका अनुसार बझाङमा १३४, डोटीमा १२७, अछाममा १०३, बैतडीमा ५५, कञ्चनपुरमा ५२, डडेल्धुरामा २०, बाजुरामा ८ र दार्चुलामा ७ एकिटभ केस रहेको छ।

कोरोनाबाट ११ को मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण ११ जनाले ज्यान गुमाएका छन्। प्रदेशको कैलालीमा सबैभन्दा बढी ६ जनाले ज्यान गुमाएका छन्। निर्देशनालयका अनुसार बझाङ र बाजुरामा २–२ र अछाममा एक जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

आइसोलेसनको अवस्था

सुदूरपश्चिम प्रदेशमा जिल्लाका विभिन्न अस्पताल, विद्यालय र घरमा ५६६ जना आइसोलेसनमा छन्। जसमध्ये महिला १८१ र पुरुष ३८३ जना छन्।

निर्देशनालयका अनुसार कैलालीमा सबैभन्दा बढी १४७ जना आइसोलेसनमा छन्। त्यसमध्ये जिल्लामा १३९ जना होम आइसोलेसनमा रहेका छन्। बझाङमा १२६, छाममा ८३, कञ्चनपुरमा ४८, बैतडीमा २१, डडेल्धुरामा १०, दार्चुलामा ५ जना आइसोलेनमा छन्।

बाजुरामा आइसोलेसनमा बस्नेको संख्या शून्य रहेको छ भने अछाममा १५ जना, कञ्चनपुरमा चार जना होम आइसोलेसनमा रहेका छन्।

प्रकाशित: Sep 03, 2020| 15:15 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।