शनिबार, वैशाख ८, २०८१

मायादेवी मन्दिरमा साँझ-बिहानको नित्य पूजा सुरु

लुम्बिनीस्थित मायादेवी मन्दिरमा नित्य पूजा सुरु भएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

भैरहवा- लुम्बिनीस्थित मायादेवी मन्दिरमा नित्य पूजा सुरु भएको छ।

triton college

मन्दिरमा बिहान ढोका खोल्नु अगाडि र साँझ ढोका बन्द गर्नु अगाडि पूजापाठ गर्ने परम्पराको आज भाद्र पूर्णिमाको अवसर पारेर शुरुवात गरेको लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राईले बताए।

धूप, दीप, जल अर्पण गरी त्रिरत्न वन्दना, परित्राण पाठ लगायतका कार्य गरी नियमित पूजा आयोजना गरिने कोषका सूचना अधिकृत राजन बस्नेतले बताए। लुम्बिनी गुरुयोजना क्षेत्रमा रहेका विभिन्न विहारका भिक्षु भिक्षुणीहरुले हरेक दिन आलोपालो गरी नियमित पूजा सञ्चालन गर्ने उनले जानकारी दिए।

मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भको छेउमा पूजा सञ्चालन हुनेछ । पूजा सञ्चालनका लागि पूर्वी विहार क्षेत्रबाट नेपाल परम्परागत बुद्ध धर्म संघका भिक्षु वजीर एवं पश्चिमी विहार क्षेत्रबाट सिंगापुर टेम्पलका लामा टासीले समन्वय गर्ने जनाइएको छ।

हरेक दिन बिहान र बेलुका ६ बजे पूजा सञ्चालन गरिनेछ। पूजा सञ्चालनका लागि विकास कोषले भिक्षु भिक्षुणीका लागि सेनिटाइजेसनको व्यवस्था गर्नेछ । साथै पूजा थाली, जल पात्र, धूप, दीप, फूल र प्रसादको व्यवस्था पनि कोषले गर्ने जनाइएको छ ।

corrent noodles
Metro Mart

कोरोना संक्रमणका कारण पूजामा सहभागीहरुले सामाजिक दूरी कायम गरेर पूजा गर्नेछन् । पूजाका क्रममा मायादेवी मन्दिर नखोलिने एवं सर्वसाधारण सहभागी हुन नसक्ने कोषले जनाएको छ ।

प्रकाशित: Sep 03, 2020| 13:47 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।