पोखरा- प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका गण्डकी प्रदेश सभाका एक जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ।
कन्ट्याक्ट ट्रेसिङको आधारमा भदौ १४ गते स्वाब संकलन गरिएको (बुधबार) हिजो साँझ प्रदेश सांसदमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए ।
संक्रमित सांसदमा संक्रमणको कुनै लक्षण नभएको बताइएको छ । यद्यपी उनमा उच्च रक्तचाप रहेको र नियमित औषधि खाइरहेको बताएको छ । उनी होम आइसोलेसनमा बस्ने कि अस्पतलामै जाने भन्ने बारेमा छलफल भइरहेको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि भएका सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्न र स्वाबको नमुना लिने तयारी भएको छ ।