बिहीबार, वैशाख ६, २०८१

‘अर्कबटी खाऔं, कोरोना भगाऔं’

तेस्रो दिनमा पीसीआर परीक्षण गराउँदा कोरोना पोजिटिभ देखियो। अनि लगातार १० दिनसम्म अर्कबटी साँझबिहान खाएर परीक्षण गराउँदा कोरोना नेगेटिभ आयो।’
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

लुम्बिनी– बुटवल बेलबासका रोशन घिमिरेले खानाको स्वाद थाहा पाउन छाडेको तीन दिन भइसकेको थियो। उनी के खाएँ भन्ने पत्तै पाउँदैनथे।
एक दिन उनले खानाको स्वादै नपाएको घरपरिवारलाई सुनाए। उनको कुरा सुनेर सबै अचम्मित भए तर बुबा डीआर भने चिन्तित।

triton college

रुपन्देहीका अग्रज पत्रकार डीआीर घिमिरेले इन्जिनियरिङ पढ्दै गरेका छोराले खानाको स्वाद नै नआएको भनेपछि कतै कोरोना त भएन भनी उनलाई अर्कबटी खुवाए।

घिमिरेले भने, ‘खानाको स्वादै थाहा पाएको छैन भन्ने छोराले त अर्कबटी दुई खुराक खानेबित्तिकै खानाको स्वाद आएको बतायो।’

घिमिरेले कोरोना भाइरस संक्रमण भएको मान्छेले खानाको स्वाद थाहा नपाउने, गन्ध थाहा नपाउने जस्ता लक्षण हुने कुरा कतै पढेका थिए।

सोही आधारमा उनले अर्कबटी खुवाएका थिए। उनले भने, ‘खानाको स्वाद थाहा नपाएको भनेपछि अर्कबटी दुई खुराक खाँदा छोराले बल्ल स्वाद थाहा पाउन थाल्यो। तेस्रो दिनमा पीसीआर परीक्षण गराउँदा कोरोना पोजिटिभ देखियो। अनि लगातार १० दिनसम्म अर्कबटी साँझबिहान खाएर परीक्षण गराउँदा कोरोना नेगेटिभ आयो।’

corrent noodles
Metro Mart

घिमिरेले आफ्नो छोरालाई मात्रै नभएर कोरोना लक्षण देखिएका छिमेकीलाई पनि अर्कबटी खाँदा लाभदायी भएको बताए।

उनले भने, ‘साथी दीपक पन्थीको परिवारलाई पनि कोरोना पोजेटिभ देखियो। उहाँलाई पनि मैले अर्कबटी प्रयोग गर्न सुझाएँ। त्यो प्रयोग गरेपछि राम्रो भयो।’

यसैगरी आफूहरुले पनि उक्त औषधि प्रयोग गरेको कोरोना सङ्क्रमित भएर हाल निको भएका भैरहवाका अन्य दुई पत्रकारले बताए। पत्रकार सलमान खानले भने, ‘मैले पनि प्रयोग गरेको हुँ, अर्कबटीले राम्रै गर्यो।’

अर्का पत्रकार दीपक घिमिरेले पनि आफू संक्रमित भएर होम आइसोलेसनमा बस्दा अर्कबटी नियमित सेवन गरेको बताए। दीपकले भने, अर्कबटीको नियमित सेवन र नियमित व्यायामले म कोरानालाई जित्न सफल भएको हुँ।’

आयुर्वेद औषधिका सप्लायर्स छपियाका सम्पद खातीले यतिबेला अर्कबटीको माग बढेको बताए। आयुर्वेद चिकित्सक डा. बद्री गौतमका अनुसार सिद्धमकध्वज, स्वर्णभष्म र अन्य पाँच जडिबुटीको मिश्रणबाट अर्कबटी बनाइन्छ। अर्कबटी बनाउन आवश्यक जडिबुटी नेपालमै पाइन्छ। डा. गौतमले उक्त औषधिको नाम कोरोनाघ्नबटी प्रस्ताव गरेका छन्।

कोरोना भाइरस पोजेटिभ पुष्टि भएको वा कोरोनाको लक्षण देखिएमा अर्कबटी प्रयोग गर्न सकिने उनले बताए। उनले भने, ‘कोरोना पोजेटिभ भएको वा गन्ध थाहा नपाएका अवस्थामा, स्वाद थाहा नपाएका अवस्थामा, ज्वरो आएका अवस्थामा र धेरै थकान लागेका अवस्थामा अर्कबटी १० दिनसम्म निरन्तर सेवन गरेमा निको हुन्छ। ’

होम आइसोलेसनमा बसेका १३७ जना कोरोना पोजेटिभ देखिएकाहरु उक्त औषधि प्रयोगबाट निको भएको उनले बताए।

प्रकाशित: Sep 03, 2020| 11:53 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।