हुम्ला- हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ।
एक घरबाट सल्किएको आगलागीबाट १५ भन्दा बढी घर जलेर नष्ट भएको स्थानीयवासी धर्मराज शाहीले बताएका छन्।
साँझ ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ।
पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन। आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए। -रासस