शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विद्युत् गृह र खानेपानी आयोजना भत्काउने दुई जना वडाध्यक्ष पक्राउ

विद्युत् गृह र खानेपानी आयोजना भत्काउने दुई जना वडाध्यक्ष पक्राउ

अछाम- विद्युत् गृह र खानेपानी योजना भत्काएको आरोपमा अछाममा दुई जना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

अछाम- विद्युत् गृह र खानेपानी योजना भत्काएको आरोपमा अछाममा दुई जना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

triton college

जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत् आयोजनाको कुलो र निर्माणाधिन जामुने खानेपानी योजना भत्काएको भन्दै प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वडा नम्बर ५ का वडाध्यक्ष कुलबहादुर बुढा र वडा नम्बर ६ का वडाध्यक्ष पूर्णबहादुर रावल छन्। बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत् आयोजनाको कुलो र रावलको नेतृत्वमा निर्माणाधिन जामुने खानेपानी योजना भत्काएको भन्दै स्थानीय बासिन्दाले मुद्दा दिएका थिए।

दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। अध्यक्ष बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत् आयोजनाको कुलो भत्काएको भन्दै उनीलगायत १० जनाको नाममा र वडाध्यक्ष रावलको नेतृत्वमा जामुने खानेपानी योजना भत्काएको भन्दै उनीलगायत ८ जनाको नाममा किटानी जाहेरी दिइएको थियो।

नगरपालिकाको मुख्य विद्युत् आपूर्तिको माध्यम क्षतविक्षत बनाइएपछि एक सातादेखि नगरपालिकाका पाँच वटा वडा अन्धकार छन्। आफ्नो वडालाई मुहानबाट खानेपानी ल्याउन नदिएको झोकमा वडाध्यक्ष बुढाको नेतृत्वमा विद्युतको कुलो भत्काइएको थियो।

corrent noodles
Metro Mart

खानेपानी आयोजना भत्काउँदा २० लाखभन्दा बढीको क्षति भएको बताइएको छ।

प्रकाशित: Sep 02, 2020| 10:08 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।