शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ७० करोड घुस काण्डमा जोडिएका विजय मिश्रलाई अख्तियारको ७ दिने म्याद

७० करोड घुस काण्डमा जोडिएका विजय मिश्रलाई अख्तियारको ७ दिने म्याद

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका एजेन्ट विजयप्रकाश मिश्रका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिने म्याद जारी गरेको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका एजेन्ट विजयप्रकाश मिश्रका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिने म्याद जारी गरेको छ।

triton college

प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको सम्बन्धि उजुरी बारे बुझ्न आवश्यक परेको भन्दै अख्तियारले हाजिर हुन मिश्रका नाममा बुधबार सूचना प्रकाशित गरेको हो।

७ दिन भित्र आयोगमा उपस्थित नभए कानुन बमोजिम कारबाही हुने अख्तियारद्वारा जारी सूचनामा उल्लेख छ।

प्रेस खरीद गरेपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २०७६ फागुन ८ गते पदबाट राजीनामा दिएका थिए।

त्यही प्रकरणमा अख्तियारले बाँस्कोटामाथि छानबिन थालेको थियो। अनुसन्धान थालेको करिब ६ महिनापछि अख्तियारले स्वीस कम्पनिका स्थानीय एजेन्ट मिश्रका नाममा सुचना जारी गरेको हो।

corrent noodles
Metro Mart

अख्तियारले ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका बाँस्कोटालाई उन्मुक्ति दिने तयारी गरेको अख्तियार स्रोतले जनाएको छ।

‘बाँस्कोटाले घूस लिए र खाएको प्रमाणित नहुने’ भनी अनुसन्धान अधिकृतले तयार पारेको प्रतिवेदन अख्तियारको बैठकमा पेस हुने र त्यहींबाट उजुरी तामेलीमा पठाउने तयारी भएको हो। आरोप पुष्टि नहुने उजुरी अख्तियारको निर्णयबाट तामेलीमा जान्छ।

मिश्र हाल जापानमा रहेकाले बयान दिनुपर्ने मान्छे विदेशमा रहेको बहानामा उक्त फाइल गुपचुप तामेलीमा पठाउने तयारी अख्तियारले गरेको छ।

प्रकाशित: Sep 02, 2020| 09:28 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।