बुधबार, वैशाख १२, २०८१

रौतहटमा ३ सातामा ४ जनाको हत्या

रौतहटको गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भयो।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं- रौतहटको गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भयो।

triton college

निरञ्जनको हत्या भएको चार दिनपछि भदौ ३ गते राति रौतहटकै माधवनारायण नगरपालिका–२ खेसरहियामा हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भयो।

पुजारी हत्याको अनुसन्धान निष्कर्षमा पुग्न नसक्दै निरन्जन रामको हत्याको अभियोगमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका गरुडा जिगंडवाका १९ वर्षीय विजय रामको ज्यान गयो।

प्रहरी हिरासतमा रहँदा निर्मम यातना भोगेका विजयको मृत्युपछि स्थानीयले प्रहरीविरुद्ध गरेको प्रदर्शन जारी रहँदै आइतबार साँझ गढीमाई नगरपालिका–३ मुसरिया गाउँकी ४० वर्षीया मिन्त्रा देवी बैठाको हत्या भयो।

आइतबार बिहान करिब १० बजेतिर घाँस काट्न भनेर उखुबारीमा गएकी उनको त्यहीँ शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

corrent noodles
Metro Mart

पछिल्लो करिब ३ हप्ताको अवधिमा भएका चार वटा हत्याका घटनानाको निष्कर्षका प्रहरी पुग्न सकेको छैन। निरन्जनको हत्यामा संलग्नको आरोपमा प्रहरीले ७ जना नियन्त्रणमा लिएकोमा एक जनाको मृत्यु भैसकेको छ।

पुजारी हत्याकाण्डको पनि प्रहरीले अझै क्लु पाउन सकेको छैन। हत्यामा संलग्न भएको आशंकामा भारतमा दुई जना पक्राउ परेको खबर आए पनि रौतहट प्रहरीले यसबारे जानकारी नभएको जनाएको छ।

आफैँले प्रयोग गरेको सलले घाँटी कसेर हत्या गरेको अवस्थामा शव भेटिएको मिन्त्राको घटनामा पनि प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। हालसम्म कसैलाई पक्राउ गर्न नसकेको रौतहट प्रहरीका प्रवक्ता डिपसपी भरत श्रेष्ठले जानकारी दिए।

‘निरञ्जन, श्रीराम र मिन्त्राको हत्याबारे प्रहरीले अनुसन्धान जारी राखेको छ तर, निष्कर्षमा भने पुगिसकेका छैनौ,’ श्रेष्ठले भने, ‘लगातार हत्याका घटना भएकाले प्रहरीको ध्यान धेरैतिर फैलिँदा निष्कर्षमा पुग्न केही ढिलाइ भैरहेको छ।’

ज्यान गुमाएका चारमध्ये निरन्जन, विजय र मिन्त्रा देवी बैठा तीनै जना दलित समुदायका हुन्। हिरासतमा ज्यान गुमाएका विजय रामको विषयमा पछिल्लो समय गरुडामा परिवारजन, स्थानीय र दलित अगुवाहरुले प्रहरीविरुद्ध लगातार प्रदर्शन गरेका छन्।

विरोध प्रर्दशनकै कारण इलाका प्रहरी कार्यालय गरुडाका इन्चार्ज डीएसपी ज्ञानकुमार महतोको जिम्मेवारी खोसेर उनलाई प्रदेश प्रहरी कार्यालय तानिएको छ। सोही घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले सोमबारबाट अनुसन्धान थालिसकेको छ।

रौतहट अत्यधिक अपराधिक घटना हुने जिल्ला हो। जिल्लामा अशिक्षा, गरिबी, न्यून चेतनाको स्तर जस्ता कारणले अपराधिक गतिविधि अत्यधिक हुने गरेको डिएसपी श्रेष्ठले बताए। सानो कुरामा पनि हत्या स्तो जघन्य अपराध हुने गरेको उनको भनाइ छ।

रौतहटकै ईशनाथ नगरपालिका–७ घिउराका ३५ वर्षीय दिनदयाल साहको भारतको बिहारमा गोली हानी हत्या गरेको अवस्थामा शव भेटिएको छ।

प्रकाशित: Sep 01, 2020| 13:35 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।