काठमाडौं– सोमबार सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्लाको संख्या १२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, चितवन, रुपन्देही, पर्सा र बारामा ५०० बढी संक्रमित छन्।
त्यस्तै रौतहट, महोत्तरी, सर्लाही, धनुषा, मोरङ र सुनसरीमा पनि ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित छन्।
दुई जिल्ला भने संक्रमणमुक्त भएका छन्। सोमबारसम्म मुस्ताङ र हुम्लामा एउटा पनि सक्रिय संक्रमित छैन।