बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतमा अमेरिकाको रेकर्ड तोड्ने गरि फैलियो कोराेना, एक महिनामा २० लाख संक्रमित थपिए

भारतमा अमेरिकाको रेकर्ड तोड्ने गरि फैलियो कोराेना, एक महिनामा २० लाख संक्रमित थपिए

आइतबार भारतमा एकै दिनमा ७९ हजार ४ सय ५७ जना संक्रमित थपिएका छन् । जुन विश्वमै अहिलेसम्म एकै दिनमा कुनै देशमा थपिएका संक्रमितको यो सबैभन्दा ठूलो संख्या हो ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकाको समेत रेकर्ड तोड्ने गरी संक्रमण फैलिएको छ ।

triton college

आइतबार भारतमा एकै दिनमा ७९ हजार ४ सय ५७ जना संक्रमित थपिएका छन् । जुन विश्वमै अहिलेसम्म एकै दिनमा कुनै देशमा थपिएका संक्रमितको यो सबैभन्दा ठूलो संख्या हो ।

यसअघि अमेरिकामा जुलाई २४ मा ७८ हजार ५ सय ८६ जना संक्रमित थपिएका थिए । उक्त रेकर्ड तोड्दै भारतमा यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।

भारतमा पछिल्लो एक महिना यता विश्वमै सबैभन्दा बढि कोरोना संक्रमित थपिएका छन् ।

जुलाई ३० देखि अक्टोबर ३० सम्ममा भारतमा १९ लाख ७९ हजार ८ सय १९ जना संक्रमित थपिएका छन् । ताकी यहि अबधीमा अमेरिकामा १५ लाख ३२ हजार ३२ र ब्राजिलमा १२ लाख ४८ हजार ५ सय २२ जना संक्रमित थपिएका छन् ।

corrent noodles
Metro Mart

भारतमा एक महिना अघि अर्थात जुलाई ३० सम्ममा १६ लाख ३९ हजार ३ सय ५० जना कोरोनाबाट संक्रमित भएका थिए । एक महिनाको अबधिमा दोब्बरभन्दा बढिले संक्रमित थपिएका छन् । हाल भारतमा संक्रमितको संख्या ३६ लाख १९ हजारभन्दा धेरै पुगेको छ ।

यस्तै भारतमा एक महिनाको बीचमा कोरोनाकै कारण २८ हजार ८ सय ३१ जनाको मृत्यु भएको छ । एकमहिनाअघि अर्थात जुलाई ३० मा मृतकको संख्या ३५ हजार ७ सय ८६ थियो भने हाल ६४ हजार ६ सय १७ पुगेको छ ।

पहिलो चरणको लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिनका साथै मृत्युदर पनि ह्वात्तै बढेको थियो ।

प्रकाशित: Aug 31, 2020| 09:07 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।