काठमाडाैं- कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २२१ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या २२१ पुगेको हो।
केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
हिजो शनिबार १२ जनाको मृत्यु भएको थियो।
अस्ति शुक्रबार १२ जना, बिहीबार ८ जना, बुधबार ११ जना संक्रमितको मृत्यु भएको थियो।
त्यसैगरी मंगलबार ७ जना, सोमबार ८ जना र आइतबार ३ जना संक्रमितको मृत्यु भएको थियो।
नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।