राजविराज– कोरोना संक्रमणबाट सप्तरीमा थप एक महिलाको मृत्यु भएको छ ।
राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिलाको गजेन्द्रनारायण सिंह अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
उच्च ज्वरो आएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो ।
शनिबार साँझ उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट आएको केहि घण्टामै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रन्जित झाले जानकारी दिए ।
योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये ५ जना सदरमुकाम राजविराजकै छन् भने एक जना रुपनी गाउँपालिकाका हुन् ।