काठमाडौं- विवेकशील नेपाली दलले महामारीका बोला सर्वसाधारणलाई सुरक्षित तवरबाट सेवा सञ्चालन र धेरथोर रोजगारी सिर्जना गरिरहेका इकमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित नगर्न सरकारसँग माग गरेको छ।
काठमाडौंका विभिन्न स्थानबाट ईकमर्स तथा अनलाइन डेलिभरी सेवा उद्यमीहरू, डेलिभरी गर्ने व्यक्तिहरू विना पक्राउ पुर्जी पक्राउ गर्ने कार्यको निन्दा गर्दै विवेकशील दलले यस्तो माग गरेको हो।
उक्त दलले इकमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न पनि माग गरेको छ।