बिहीबार, वैशाख १३, २०८१

युवतीको नाममा फेसबुक खोली ब्ल्याकमेलिङ गर्ने पक्राउ

कैलालीको मोहन्याल गाँउपालिका-३ घर भई ललितपुर टिकाथली बस्ने २७ वर्षीय धनबहादुर शाहीले 'अस्मिता श्रेष्ठ' को नाममा नक्कली फेसबुक आईडी खोले।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं- कैलालीको मोहन्याल गाँउपालिका-३ घर भई ललितपुर टिकाथली बस्ने २७ वर्षीय धनबहादुर शाहीले 'अस्मिता श्रेष्ठ' को नाममा नक्कली फेसबुक आईडी खोले।

triton college

फेसबुकको प्रोफाइलमा गुगलबाट तानेर युवतीको सुन्दर तस्विर राखे। त्यही आइडीबाट थुप्रै केटाहरुलाई साथी बनाए।

केटी नै बनेर केटाहरुसँग कुराकानी गर्न थाले। त्यही क्रममा फेसबुकमा राजासाप नामको आईडी भएका ललितपुरका एक जना पुरुषलाई पनि साथी बनाए।

उनीसँग पनि कुराकानी हुन थाल्यो। युवती बनेर रमाइलारमाइला गफ गरेर शाहीले लोभ्याए। अश्लिल गफ पनि गर्न थाले। गफगाफ हुँदैजाँदा अश्लिल तस्बिरहरु समेत मागे।

युवतीले अश्लिल तस्बिर माग्दा मख्ख परेर उनले आफ्ना अश्लिल तस्बिर पनि पठाए।

corrent noodles
Metro Mart

छद्म नामबाट युवती बनेर कुरा गरिरहेका शाहीले केटाले पठाएका अश्लिल तस्विरहरु उनैलाई ठगी गर्ने साधन बनाए।

आफूले मागे जति पैसा नदिए अश्लिल तस्बिरहरु आफन्तजन र साथीहरुलाई पठाएर बेइज्जत गर्ने भन्दै ‘ब्ल्याकममेलिङ’ गरे।

‘शाहीले सुरुमा १ लाख ८५ हजार मागे छन्, बेईजत हुने डरले केटाले त्यो पैसा पठाएछन्’ महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले भने, ‘पुनः १ लाख रुपैयाँ मागेपछि ठगिने युवक उजुरी लिएर प्रहरीकोमा पुगेका छन्।’

महाशाखाको टोलीले शाहीलाई कोटेश्वरबाट पक्राउ गरेको छ। शाहीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।

यो एउटा उदाहरण मात्र हो। सामाजिक सञ्जालको माध्यमबाट पछिल्लो समय केटीले केटालाई प्रलोभनमा पारेर, अश्लिल भिडियो दुरुपयोग गरेर तथा आकर्षक सामान दिने नाममा ठगी गर्ने घटनाहरु अत्यधिक बढेका छन्।

फेसबुकबाट ठगी

सामाजिक सञ्जाल फेसबुकबाटै ठगिनेमा मोरङकी ३८ वर्षीया विष्णुकमारी राई पनि छन्। भर्खरै मात्र फेसबुक चलाउन थालेकी उनलाई ‘चाङवाङ’ नाम गरेको विदेशी नागरिकले साथी बनाउन आग्रह गरे।

साथी बने, गफगाफ पनि हुन थाल्यो। गृहिणीका रुपमा रहेकी राईलाई कुराकानीकै क्रममा ती व्यक्तिले महंगो सामानको फोटोहरु पठाउन थाले। कुन मन पर्छ रोज्न पनि भने।

हेर्दा निकै आकर्षक लाग्ने सामानहरु चाङवाङले ८ सय डलर पर्ने बताए। मन परेपछि राईले ती वस्तु मगाइन्। रोजेको वस्तु आउने भयो, तर पैसा कसरी विदेश पठाउने। तीनै विदेशी नागरिकले आइएमई, प्रभु मनी, सिटी एक्सप्रेसको प्रयोग गर्न सुझाए।

राईले भरतपुर १२ मा वस्ने आफ्नो भतिजा पर्नेलाई अनुरोध गरिन्। ती व्यक्तिले ३ पटक गरेर पोखरा बसपार्क र मालपोत चोकको मनि ट्रान्सफरबाट प्रेम राना मगरको नाममा पटकपटक गरेर २ लाख ७५ हजार पठाए।

साउन ९ गते त्यति पैसा पठाउँदा पनि सामान हात परेन। ती विदेशीले सामान नेपालको भन्सार कटाउन १५ सय डलर लाग्ने बताए। त्यसपछि उनी झस्किन् र कसैले ठगिरहेको त छैन भन्ने उनको मनमा चिसो पस्यो।

ठगी आरोपमा इलाका प्रहरी कार्यालय खैरहनीले खैरहनी नगरपालिकाबाट नेपालमा पैसा वुझ्ने गरेका प्रेमबहादुर रानालाई पक्राउ गर्यो। असली नाम राजकुमार राना मगर रहेका स्थायी घर तनहुँ भिमाद–५ भएका उनी दाजु सोमराज मगरसँग मिलेर खैरहनीमा यस्तै ठगी धन्दा चलाउन थालेको प्रहरीले पत्ता लगायो।

चितवन प्रहरी प्रमुख नान्तिराज गुरुङले राना मगरसँग नक्कली सवारी लाइसेन्स, नागरिकता खडा गरेर ठगी गरेको खुलेको जानकारी दिए।
रानामगर पक्राउ परेपछि अर्की एक महिलाले पनि दुई लाख ठगेको उजुरी प्रहरीमा दिएको गुरुङले बताए। अनुसन्धान गर्दै जाँदा उनीहरुले ४० लाखसम्मको ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

अनलाइन ठगीमा ९ जनाको समूह रहेको प्रहरीले जनाएको छ। रानामगर दाजुभाइ, श्याम पाठकलगायतलाई आरोपित बनाई प्रहरीले मुद्दा चलाएको छ।

प्रहरीका अनुसार नवलपरासी, स्याङजा, पाल्पाका व्यक्तिहरु यस समूहमा छन्। हाल तीन जना खैरहनी प्रहरीको हिरासतमा छन्। राजकुमार, खैरहनी–१२ सिसहनीका २८ वर्षीय शिवराज पाठक तथा हेटौडा–४ का ३० वर्षीय सत्कार लुईँटेल प्रहरी हिरासतमा छन्।

धादिङ धुनीबेसी-२ का ३५ वर्षीय रामकुमार तामाङ, पाल्पा रामपुर-५ की ३० वर्षीया निशा कसुम भट्टराई, नवलपरासी देवचुली–१२ का ३६ वर्षीय लोकप्रसाद भूर्तेल, अर्घाखाँची सन्धीखर्क–९ का ४१ वर्षीय तेजबहादुर केसी र सोही ठाउँकी मञ्जु केसी फरार रहेको चितवन प्रहरीले जनाएको छ।

साधारण व्यक्तिहरुलाई महंगो सामानमा लोभ्याएर किन्न लगाउने र बीचमा अनेक थरी मान्छेहरु प्रयोग गरी पैसा लिने, सामान यहाँ आइपुग्यो भन्ने, सामान भन्सारमा अड्कियो भन्ने, फेरी पैसा माग्ने गरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Aug 28, 2020| 17:00 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।