काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार मुस्ताङ र हुम्लामा शुक्रबार सक्रिय कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो।
स्वास्थ्य मन्त्रालयले काठमाडौं, ललितपुरसहित ९ जिल्लामा ५०० बढी सक्रिय संक्रमित भएको जनाएको छ।
मन्त्रालयका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, मोरङ र धनुषामा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।