शुक्रबार, वैशाख ७, २०८१

प्रदेश १ मा ७४ संक्रमित थपिए, २० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७४ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७४ जना कोरोना संक्रमित थपिएका छन्।

triton college

सुनसरीका ४१, मोरङ र झापाका १४–१४, संखुवासभाका २ र पाँचथरका १ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै प्रदेश १ बाहिरका २ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शुक्रबार सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष तथा कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ।

यस्तै झापाको कमल गाउँपालिकामा २ महिला ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

corrent noodles
Metro Mart

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ।

प्रदेश १ मा आज थप ३ जनाको मृत्यु भएको छ। झापाको कमलका एक पुरुष, मोरङको बेलबारीकी एक महिला र प्रदेश २ को सिरहा जिल्लास्थित लहानकी एक महिलाको आज मृत्यु भएको हो। प्रदेश १ मा मृत्यु हुनेको संख्या २७ पुगेको छ। प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाउको छ।

प्रदेश १ मा शुक्रबार २० जना डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा शुक्रबार १ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार हाल ८५ हजार २ सय २ जनाको पीसीआर परीक्षण भएको छ।

प्रकाशित: Aug 28, 2020| 16:15 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।