शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बतास अर्गनाइजेसनलाई आइसरको दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड

बतास अर्गनाइजेसनलाई आइसरको दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड

 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं- बतास अर्गनाइजेसनले भारतको भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडले उत्कृष्ट डिलरको अवार्ड प्रदान गरेको छ ।

triton college

दक्षिण एसियाका डिलरहरुमध्ये उत्कृष्ट डिलरको अवार्ड नेपालको बतास अर्गनाइजेसनले प्राप्त गरेको हो । बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रालि आइसरको अधिकृत विक्रेता हो ।

कम्पनीले गतवर्ष हेभी ड्युटी ट्रक सेग्मेन्टमा सबैभन्दा बढी परिमाणमा बिक्री गर्न सफल भएवापत यो अवार्ड प्राप्त गरेको अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । उनका अनुसार बतासले यो अवार्ड विश्वव्यापी प्रतिस्पर्धाबाट पाएको हो । 

बतास अर्गनाइजेसनले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै ‘हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिज’ शीर्षकमा अवार्ड पाएको हो । बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फ यो अवार्डको घोषणा गरिएको जनाइएको छ ।

कार्यक्रममा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले इस्टर्न मोटर्समार्फत आइसरलाई नेपाली बजारमा स्थापित गर्न सहयोग गर्ने सबै कर्मचारी तथा शुभेच्छुक र सहयात्रीप्रति कृतज्ञता प्रकट गरे । 

corrent noodles
Metro Mart

“यो प्रतिष्ठित अवार्ड प्राप्तिको खुसी म आइसर र इष्टर्न परिवारमा बाँड्न चाहन्छु,” अध्यक्ष बतासले भने, “हाम्रा सहकर्मीहरुको अथक प्रयास र कर्मशीलताबिना यो प्रतिष्ठत अवार्ड सम्भव थिएन ।” 

प्रकाशित: Aug 28, 2020| 13:53 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्