बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीको गोलीबाट मृत्यु भएका रफिकको शव आफन्तले बुझे, १० लाख क्षतिपूर्तिको सहमति

प्रहरीको गोलीबाट मृत्यु भएका रफिकको शव आफन्तले बुझे, १० लाख क्षतिपूर्तिको सहमति

क्षतिपूर्तिबापत १० लाख रुपैयाँ उपलब्ध गराउने सहमतिपछि झापामा प्रहरीको गोली लागेर मृत्यु भएका रफिक आलमको शव परिवारले बुझेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– क्षतिपूर्तिबापत १० लाख रुपैयाँ उपलब्ध गराउने सहमतिपछि झापामा प्रहरीको गोली लागेर मृत्यु भएका रफिक आलमको शव परिवारले बुझेका छन्।

triton college

जिल्ला प्रशासन कार्यालयमा मृतक परिवारलाई न्यूनतम १० लाख रुपैयाँ क्षतिपूर्ति दिने, घटनामा दोषी देखिए सम्बन्धित सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्ने, किरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने, मृतकका छोराछोरीको पठनपाठनका लागि संघीय र प्रदेश सरकारसँग पहल गर्नेलगायत सहमति भएपछि परिवारले शव बुझेका हुन्।

बुधबार साँझ प्रहरीको गोली लागेर झापा गाउँपालिका–३ का रफिक आलमको मृत्यु भएको थियो। सहिद घोषणालगायत विभिन्न ११ बुँदे माग राख्दै मृतकका आफन्तले सडक आन्दोलनसमेत गरेका थिए।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। सो समितिले घटनाको छानविन गरी सुरक्षाकर्मी दोषी देखिएमा कारबाहीका लागि सिफारिस गर्नेछ।

वार्तामा जिल्लाका कृयाशील राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, गाउँपालिकाका अध्यक्ष साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, मृतक परिवारका र प्रतिनिधिको सहभागिता रहेको थियो।

corrent noodles
Metro Mart

झापा गाउँपालिका ३ कामाटोली बजारका ताजमल हकको घरमा गोरु काट्दै गरेको अवस्थामा अब्दुल आलम र ताजमल हकलाई प्रहरीले पक्राउ गरेको थियोे।

इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित पक्राउ परेका उनीहरूलाई लैजान खोज्दा आक्रोशितको भीडले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले १० राउड हवाई फायर गरेको थियो।

सोही क्रममा रफिकलाई दुई गोली लागेको थियो। स्थानीयको आक्रमणमा नेपाल प्रहरीका प्रहरी निरीक्षक सञ्जीव बोगटी र सशस्त्र प्रहरीका जवान राजन खड्का घाइते भएका छन्।

घाइते सशस्त्र प्रहरीका खड्काको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने प्रहरी निरीक्षक बोगटी सामान्य उपचारपछि कार्यालयमा आराम गरिरहेका छन्।

प्रकाशित: Aug 28, 2020| 12:58 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।