रुपन्देही- कोरोना संक्रमणको कारण रुपन्देहीमा थप एक पुरुषको मृत्युु भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुषको बिहीबार राति लुम्बिनि प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
भदौ ७ गते कोरोना संक्रमण देखिएपछि कोरोना अस्पतालमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा उच्च रक्तचापको समस्या रहेको थियो ।
बिहिबार रुपन्देहीको तिलोत्तमाकी महिलाको पनि कोरोनाबाट मृत्यु भएको थियो ।