धनगढी- दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अम्बाको रुखबाट लडेर एक बालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका–१ बलाँचाकी ६० वर्षीय राधिका खडायतको भिरबाट लडेर मृत्यु भएको हो।
जंगलमा घाँस काट्न गएकी राधिकाको दिउँसो भिरबाट लडेपछि उपचारका लागि गोकेलेश्वर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मालिकार्जुन गाउँपालिका–३ का ५ वर्षीय भुपेस साउँद अम्बाको रुखबाट लडेर घाइते भएका हुन्। अम्बा टिप्न रुखमा चढेका उनी अकस्मात लडेर घाइते भएका हुन्। उनलाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको बताइएको छ।