बुधबार, वैशाख १२, २०८१

जङ्गली साग खाँदा ५ जना बिरामी

जङ्गली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन्।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

बागलुङ- जङ्गली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन्।

triton college

स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चूडामणि कँडेलको परिवार बिरामी परेको हो । उनीहरु अर्धचेत अवस्थामा रहेको धौलागिरि अस्पताल बागलुङले जनाएको छ ।

बुधबार साँझ गाउँकै एक वृृद्धले दिएको साग खाएका उनीहरु रातिदेखि नै बिरामी परेपछि बिहीबार धौलागिरि अस्पताल बागलुङमा ल्याइएको थियो । चारै जना अर्धचेत अवस्थामा रहेकाले थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए । बिरामी पर्नेमा कँडेलका ७२ वर्षीया आमा, ३८ वर्षीया श्रीमती र १९ वर्षीय छोरा हुन् ।

‘बिरामी भएर स्वास्थ्यचौकी पुगेको भन्ने जानकारी मात्रै मैले पाएँ, सबै परिवारको नाम भन्न सकिएन’, वडाध्यक्ष शिवप्रसाद कँडेलले भने, ‘चूडामणिजीको परिवारले छिमेकीले दिएको जङ्गली साग खाएको भन्ने मात्रै सुनेँ ।’

कँडेल परिवारलाई जङ्गली साग दिएका स्थानीय भारतीय पूर्वसैनिक वृद्धसमेत अर्धचेतावस्थामै रहेको उनले बताए। प्रहरीलाई जानकारी गराएर तिनको उपचार र घटनाका विषयमा जानकारी लिन लगाइएको थाहा भएको छ ।

corrent noodles
Metro Mart

- रासस

प्रकाशित: Aug 27, 2020| 18:41 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।