काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ३० जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छैनन्। संक्रमित नथपिएका जिल्लामा भोजपुर, धनकुटा, इलाम, झापा र पाँचथर छन्।
यस्तै ओखलढुंगा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा पनि संक्रमित थपिएनन्।
संक्रमित नथपिएका अन्य जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, अर्घाखाँची, पाल्पा छन्।
यसैगरी रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम र सल्यानमा पनि संक्रमित थपिएका छैनन्।
आज डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगुमा कोरोना भाइरस संक्रमित नथपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
अछाम, बाजुरा, डडेल्धुरा र दार्चुलामा पनि संक्रमित थपिएनन्।
४७ जिल्लामा थपिए ११११ जना संक्रमित
पछिल्लो २४ घण्टामा ४७ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
संक्रमण हुनेमा ३३४ जना महिला र ७७७ जना पुरुष छन्। योसहित एकै दिन एक हजार १११ जनामा कोरोना पुष्टि भएको छ।
सबैभन्दा बढी काठमाडौंमा सबैभन्दा बढी काठमाडौंमा २७० जना संक्रमित थपिएका छन्।
बुधबार काठमाडौंमा २३० जनामा संक्रमण पुष्टि भएको थियो। मंगलबार काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ भक्तपुरका जनामा संक्रमण पुष्टि भएको थियो।
सोमबार काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ गरी २२४ जनामा संक्रमण पुष्टि भएको थियो।
आइतबार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको थियो।
शनिबार काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको थियो।
बिहीबार खोटाङमा एक, मोरङमा २०, संखुवासभामा चार र सुनसरीमा ३८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा प्रदेश २ का आठै जिल्लामा कोरोना भाइरस संक्रमित थपिएको जानकारी दिए।
जसअनुसार सप्तरीमा ३२, सिरहामा सात, धनुषामा ३९ र महोत्तरीमा सात जना संक्रमित थपिएका छन्।
सर्लाहीमा थपिने संक्रमितको संख्या ६ छ भने बारामा ३० र पर्सामा ८५ जना नयाँ संक्रमित भेटिएका छन्। रौतहटमा १५ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ। यस्तै सिन्धुलीमा पाँच, रामेछापमा ६, दोलखामा दुई र भक्तपुरमा ४१ जनामा संक्रमण थपिएको गौतमले बताए।
धादिङमा एक, काठमाडौंमा २७०, काभ्रेमा १३ र ललितपुरमा ६६ जना संक्रमित थपिएका छन्। नुवाकोटमा सात र सिन्धुपाल्चोकमा तीन जना संक्रमित थपिएका छन् भने चितवनमा ४५ र मकवानपुरमा थप ६३ जनामा संक्रमण भएको छ।
बाग्लुङमा आठ, गोरखामा एक, कास्कीमा दुई, लमजुङमा तीन र पूर्वी नवलपरासीमा १७ जना संक्रमित थपिएका छन्। पर्वतमा एक र कपिलवस्तुमा थप २१ जनामा कोरोना संक्रमित भएका छन्।
पश्चिम नवलपरासीमा १८, रूपन्देहीमा ७२, गुल्मीमा तीन र दाङमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ। प्यूठानमा चार, बाँकेमा ७५ र बर्दियामा एक जनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
यस्तै सुर्खेनमा नौ, दैलेखमा १२, जाजरकोटमा २० र कैलालीमा २० जना संक्रमित थपिएका छन्। डोटीमा ६, बझाङमा एक, कञ्चनपुरमा ६ र बैतडीमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।