शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भोलिबाट स्याङ्जामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

भोलिबाट स्याङ्जामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भोलिबाट लागू हुने गरी भदौ १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका काम कारवाही गर्न रोक लगाउने भएको छ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

पोखरा– जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भोलिबाट लागू हुने गरी भदौ १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका काम कारवाही गर्न रोक लगाउने भएको छ।

triton college

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले विज्ञप्ति जारी गर्दै जिल्लाभित्र वा बाहिर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको जनाएका छन्। शैक्षिक संस्था, पुस्तकालय लगायत खोल्न पाइने छैन ।

त्यस्तै सबै प्रकारका सभा, गोष्ठी, भेला, प्रर्दशन सेमिनार तथा तालिमको आयोजना गर्न रोक लगाइएको छ । सिनेमा हल, पार्टी प्यालेस, ब्युटी पार्लर, अन्य मनोरञ्जनस्थल तथा समूहमा खेलिने खेलकुदका कार्यक्रम समेत गर्न पाइने छैन ।

अत्यावश्यक सवारीसाधन एम्बुलेन्स तथा शववाहन, विभिन्न खाद्य पदार्थ बोक्ने गाडी भने बिहान ६ देखि ९ बजेसम्म चलाउन पाइने छ । त्यस्तै कर्मचारी परिचयपत्रका आधारमा कर्मचारीका सवारीसाधन बिहान ९ देखि १० र साँझ ५ देखि ६ बजेसम्म चलाउने पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेध गरेका बाहेक स्थानीय प्रशासन, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, इन्धन आपूर्ति लगायतका कार्यालय खुला रहने छ । त्यस्तै बैंक तथा वित्तीय संख्था, खाद्यान्न, तरकारी, फलफूल, डेरी, माछामासु पसल लगायत बिहान ६ देखि ९ बजेसम्म खोल्न पाइने विज्ञप्तीमा जनाइएको छ ।

corrent noodles
Metro Mart

उद्योग कलकारखाना लगायतका व्यवसाय सञ्चालनका लागि हाललाई अन्यत्रबाट कामदार नल्याउने तर जिल्ला बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्था आएमा सम्बन्धित पालिकाको सिफारिसमा तत्काल पिसिआर रिपोर्टसहितका कामदारमात्र ल्याएर स्वास्थ्य सुरक्षाका तोकिएका मापदण्डको पूर्ण पालना गराउनुपर्ने छ ।

प्रकाशित: Aug 27, 2020| 15:31 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।