काठमाडौं– रोल्पामा चिरपट प्रहार गरेर एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्।
परिर्वतन गाउँपालिका–२ बागमारा बादी टोल बस्ने ४० वर्षीय मन बहादुर बादीको हत्या भएको हो। प्रहरीले उनको हत्यामा संलग्न स्थानीय ४४ वर्षीय रामचरण बादीलाई पक्राउ गरेको छ।
रामचरणले रातिको समयमा घरको ढोका ढक्ढकाएपछि ढोका खोल्न आएका मन बहादुरलाई चिरपटले टाउकोमा हान्दा उनको घटनास्थलमै मुत्यु भएको थियो।
प्रहरी चौकी बागमारा र ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले रामचरण बादीलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।