बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निजी विद्यालयमा छोराछोरी पठाउने दैलेखका ३० जना शिक्षकलाई जरिवाना

निजी विद्यालयमा छोराछोरी पठाउने दैलेखका ३० जना शिक्षकलाई जरिवाना

निजी विद्यालयमा छोराछोरी पठाउने दैलेखका ३० जना सरकारी शिक्षकलाई दश–दश हजार रुपैयाँ जरिवाना तिराउन थालिएको छ ।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

सुर्खेत– निजी विद्यालयमा छोराछोरी पठाउने दैलेखका ३० जना सरकारी शिक्षकलाई दश–दश हजार रुपैयाँ जरिवाना तिराउन थालिएको छ ।

triton college

सामुदायिक विद्यालयमा जागिर गर्ने र छोराछोरी निजी विद्यालयमा पठाउने शिक्षकलाई जरिवाना तिराउन लागिएको हो । गुराँस गाउँपालिकाले निजी स्कुलमा छोराछोरी पढाउने ३० जना शिक्षक र गाउँपालिक उपाध्यक्ष दीपा विसीलाई जनही दश हजार रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।

३० जना शिक्षकमध्ये वडा नं. ५ को कृष्ण माध्यमिक विद्यालयका मात्रै तीन जना शिक्षक छन् । उनीहरुलाई जरिवाना स्वरुप १० हजारका दरले आन्तरिक राजस्व कोषमा रकम दाखिला गर्न गाउँपालिकाले विद्यालयलाई पत्र पठाएको छ ।

सोही पत्रको आधारमा प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले भदौ ८ गते शिक्षकहरू पदमवहादुर नेपाली, रोशनी मल्ल र कमला कुमारी चन्दलाई जरिवाना रकम जम्मा गर्न पत्र पठाएका छन् ।

जरिवाना पत्र प्राप्त भएपछि शिक्षक पदम नेपालीले गाउँपालिकाको निर्णय नमान्ने बताएका छन् । उनले गाउँपालिकाविरुद्ध कानुनी उपचारको लागि अदालत जाने बताएका छन् । रिक्त दरबन्दीमा शिक्षक राख्नुको सट्टा गाउँपालिकामा छोराछोरी निजी विद्यालयमा पढाएको निहुँमा कारवाही गर्दा शैक्षिक अवस्थामा समस्या आउने उनको भनाइ छ ।

corrent noodles
Metro Mart

गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि भन्दै २०७५ चैत २५ गते सरकारी शिक्षक र जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्र्ने निर्णय गरेको थियो । शिक्षक र जनप्रतिनिधिले छोराछोरी निजी विद्यालयमा नपढाए १० हजार रकम जरिवाना गर्ने निर्णय गरिएको थियो ।

पहिलो वर्ष गाउँपालिकाका सबै शिक्षक र जनप्रतिनिधिलाई बालबालिका समुदायिक विद्यालयमा फर्काउन एक वर्षको समय दिएको थियो । गाउँपालिकाको निर्णय अटेर गर्ने शिक्षक र जनप्रतिनिधिलाई कारबाही गर्न लागिएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

प्रकाशित: Aug 27, 2020| 06:13 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।