बिहीबार, वैशाख १३, २०८१

माओवादीले वडादेखि नै निर्वाचनबाट नेतृत्व चयन गर्ने

नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मकै नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मकै नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको छ। आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न लागेको पार्टीले वडा, गाउँ–नगर, जिल्ला, प्रदेश, संघीय निर्वाचन क्षेत्र र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो। 

triton college

वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदमा अब निर्वाचनमार्फत नेतृत्व चयन हुनेछ। सम्मेलनअघि नै तल्ला कमिटीको सम्मेलन सकिने र नयाँ नेतृत्व चयन हुने पार्टीले जनाएको छ। 

माओवादीको निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ। केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वर्षमान पुनले सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने बताउँदै त्यसैअनुसार तयारीमा जुट्न मातहतका कमिटीलाई निर्देशन दिएका छन्।

बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए। बैठकमा १८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रेदश निर्वाचन समितिका पाँच(पाँच जना सहभागी थिए।

प्रकाशित: Sep 21, 2021| 12:55 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...