काठमाडौं– बाग्लुङमा पहिरोले पुरिएर एक किशोरीको मृत्यु भएको छ।
ढोरपाटन नगरपालिका–२ अर्नाककी १९ वर्षीय पूजा परियारको मृत्यु भएको हो। अविरल वर्षापछि आएको पहिरोमा घर पुरिएको थियो।
पहिरोले पुरिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उद्धारमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा पूजाको शव फेला परेको हो।