विराटनगर- प्रदेश नम्वर १ मा कोरोना भाइरसको संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
जसमा सबैभन्दा धेरै मोरङ जिल्लामा मृत्यु भएको छ । जहाँ अहिलेसम्म १३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १/१ जनाको मृत्यु भएको हो ।
साउन १ गते देखि प्रदेशमा कोरोना कारण मृत्यु हुनेको सख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सुनसरीको धरान र विराटनगरमा १/१ पुरुषको मृत्यु भएको छ ।
प्रदेश १ मा हालसम्म १ हजार ५ सय ५० जनामा संक्रमण पुष्टि भएको छ भने ७८ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ ।