शनिबार, वैशाख ८, २०८१

इंग्ल्यान्ड : महामारीपछिको 'क्रिकेट किङ'

अहिले साउथह्याम्टनमा भइरहेको तेस्रो खेलमा इंग्ल्यान्ड धेरै ठूलो अन्तरले अघि छ।
 |  सोमबार, भदौ ८, २०७७

विनय सापकोटा

विनय सापकोटा

सोमबार, भदौ ८, २०७७

काठमाडौं– जसरी जर्मन क्लब बायर्नले यो सिजन दुर्लभ उपाधि हात पायो, महामारीपछिको क्रिकेटमा इंग्ल्यान्ड पनि उस्तै बाटोमा देखिन्छ।

triton college

त्यसो त क्रिकेट र फुटबलको दुनियाँ फरक छ तर महामारीपछिका उपलब्धिका हिसाबले दुवै टिमको उपलब्धि उस्तै–उस्तै छ।

यो सिजनमा बेभरियन क्लब बायर्नले घरेलु लिग–बुन्डेसलिगा, जर्मन कप र युरोपको शीर्ष फुटबल प्रतियोगिता च्याम्पियन्स लिग जितेर ‘ट्रिबल’ पूरा गर्‍यो। एउटा क्लबले तीनै उपाधि एकै सिजन जित्नु निकै दुर्लभ कुरा हो। त्यसमाथि बायर्नले ट्रिबललाई दोहोर्‍याएको छ।

बायर्न जसरी नै इंग्ल्यान्ड पनि घरेलु मैदानमा लगातार दुई सिरिज जितेर तेस्रो क्रिकेट सिरिज कब्जा जमाउने बाटोमा छ। जसबाट उसले महामारीपछि भव्य कमब्याक गरेको साबित गर्न सक्नेछ। यसका लागि सहयोगी त घरेलु मैदान पनि हो।

महामारीको दौरान एक समय अब खेल कहिले फर्केला भन्ने चासो सबैमा थियो। कोरोनाले विश्वलाई एउटै समयमा स्तब्ध बनाएपछि अन्य गतिविधिजस्तै क्रिकेट पनि ११५ दिन रोकियो। मार्चबाटै रोकिएको क्रिकेट ४ जुलाईमा बल्ल सुरु भयो।

corrent noodles
Metro Mart

प्रतियोगिता सुरु गर्नु सामान्य चुनौतिमात्र थिएन। अहिले भइरहेको क्रिकेट प्रतियोगिताका लागि मार्गदर्शन पनि थियो। त्यसैको उपजस्वरुप नयाँ नियम बन्यो। खेलाडीले नयाँ नियम पालना गर्न सकिने देखिएपछि खेल सुरु भयो।

उनीहरुले बल चम्काउन थुक प्रयोग गर्न नपाउने भए, नाक, मुखमा अनावश्यक रुपमा नछुन भनियो। क्याप, जर्सी अम्पायरले बोक्नु नपर्ने भयो। समय समयमा हात, बललगायतका सामान स्यानिटाइज गरिरहनु पर्ने जस्ता नयाँ नियमबीच खेल सुरु भयो।

मैदान फर्कंदै टेस्ट क्रिकेट : आज इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा

यसका अतिरिक्त मैदान स्यानिटाइज गरेर बायो सेक्योर बबलको नयाँ प्रणाली विकास भयो। यावत् नियमसँगै तीन शृंखलाको पहिलो टेस्ट क्रिकेटमा आयोजक इंग्ल्यान्डले पाहुना टिम वेस्ट इन्डिजलाई २–१ ले परास्त गर्‍यो।

दोस्रो टेस्टमा आयोजक इंग्ल्यान्ड विजयी

कोरोना महामारीपछि इंग्ल्यान्डले दोस्रो र तेस्रो खेल जित्दै सिरिज कब्जा गर्‍यो। स्टुअर्ट ब्रोडले टेस्ट क्रिकेटमा ऐतिहासिक पाँच सय विकेट पुर्‍याए।

इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले लिए ५ सय विकेट

तर पहिलो टेस्ट यसरी सुरु भयो कि बहुप्रतिक्षित खेल नै साउथह्याम्टनको प्रतिकूल मौसमले प्रभावित गरायो। बीबीसीले बताएअनुसार सो दिन क्रिकेट खेलाडी, कमेन्टेटरदेखि ग्राउन्ड स्टाफ र खेलको लाइभ हेर्न बसेका दर्शकसम्म हैरान थिए।

भलै, कोरोनाका कारण खेल बन्द रंगशालामा थियो। दर्शक पनि हुन्थे भने उनीहरु छाता ओढेर खेल कुरिरहेको देखिन्थ्यो होला। तर, त्यस्तो देखिएन।

इंग्ल्यान्ड र वेस्ट इन्डिजको पहिलो टेस्ट नै मौसमले प्रभावित बनेपछि ...

समस्याका बाबजुद सो खेललाई ठूलो उपलब्धि मान्नुपर्छ कि, त्यही टेस्ट प्रतियोगिताले अन्य देशका टिमलाई पनि मैदान प्रवेशमा हौसला दिलायो। त्यसपछि मात्र हो– श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिका, भारत लगायतका देशले पनि क्रिकेटको अभ्यास सुरु गर्नका लागि योजना बुन्न थालेका। र, कतिपयले अभ्यास नै सुरु गरेका।

जुलाई २८ मा पहिलो टेस्ट सकिएको दुई दिनपछि अर्थात् जुलाई ३० मा आईसीसी सुपर लिगको खेल सुरु भयो। सुपरलिग, आईसीसी एकदिवसीय विश्वकप–२०२३ को क्वालिफायर्स प्रतियोगिता सरह हो। आयरल्यान्डविरुद्ध तीन शृंखलाको सुपकरलिग इंग्ल्यान्डले चाहना अनुरुपकै प्रदर्शन गर्न सक्यो।

एक दिवसीय क्रिकेट सुरु, पहिलो खेलमा इंग्ल्यान्डको जित

सुरुको दुवै खेलमा जित निकाल्दै २–१ ले रिसिज जित्यो। आयरल्यान्डले सान्त्वना जित निकाल्यो– त्यो पनि संघर्षपूर्ण। यसरी इंग्ल्यान्डले पहिलो टेस्ट र पहिलो एक दिवसीयमा जित निकाल्यो।

इंग्ल्यान्डले जित्यो एकदिवसीय शृंखला

अहिले इंग्ल्यान्ड दोस्रो टेस्ट र तेस्रो प्रतियोगिताको रुपमा पाकिस्तानसँग खेलिरहेको छ। यता, पाकिस्तानको इंग्ल्यान्ड भ्रमण लगभग असफल बन्ने निश्चित छ।

तीन शृंखलाको पहिलो खेलमा तीन विकेटको जित निकालेको इंग्ल्यान्डमाथि दोस्रो खेलमा भने प्रतिकूल मौसम हाबी भयो। गत वर्षको विश्वकपमा पनि पाकिस्तानको एक खेल प्रतिकूल मौसमका कारण धेरै विवादित बन्यो।

इंग्ल्यान्डमा भइरहेको खेल मैदानमा पानी परिरहेको थियो। यस्तो बेलामा ब्याटिङ रोज्नुपर्ने सल्लाह प्रधानमन्त्री इमरान खानले ट्वीटरमा पटक–पटक दिइरहे। तर पाकिस्तानको टिमले फिल्डिङ रोज्यो।

खेलको नजितासम्म पर्खिँदा पाकिस्तानले हार बेहोरिसकेको थियो। सोही हारका कारण ऊ सेमीफाइनल उक्लन सकेन। खेलपछि एक पकिस्तानी दर्शकले दिएको अभिव्यक्ति अझैसम्म ट्रोल बनिरहेको छ।

उनले पाकिस्तानको खेलका बारेमा टिप्पणी गर्दै भनेका थिए, ‘बेलुका पिज्जा, बर्गर खाएर पनि कोही खेल्न जान्छ ? ए भाइ मारो मुझे मारो....।’ उनको यो टिप्पणी सामाजिक सञ्जालमा लामै समयसम्म भाइरल बन्यो।

तर, त्यो विश्वकपमा पाकिस्तानले १४ रनले इंग्ल्यानलाई हराएको थियो। राम्रो फर्ममा रहेको टिम पनि सेमीफाइनल नपुगेको गत जुनमा एक वर्ष पुग्यो। तर एक वर्षपछि त्यही इंग्ल्यान्डविरुद्धको खेलमा पाकिस्तान निरीह छ। उसले जारी टेस्टको पहिलो खेलमा तीन विकेटको हार बेहोर्‍यो। दोस्रो टेस्टमा पनि पछि परेको अवस्थामा खेल रद्द भयो।

अहिले साउथह्याम्टनमा भइरहेको तेस्रो खेलमा इंग्ल्यान्ड धेरै ठूलो अन्तरले अघि छ। पहिलो इनिङमै ५८३ रन बनाएको इंग्ल्यान्डले पाकिस्तानलाई भने ९३ ओभर खेलाउँदै २७३ रनमा बाहिर पठायो। दुई टिमबीच ३१० रनको अन्तर भएपछि इंग्ल्यान्डले पकिस्तानलाई फलो अन दिएको छ।

यसो गर्दा अनावश्यक ब्याटिङ गरिरहनु पर्दैन। तर, पटक पटक मौसमले च्यालेन्ज गरेको खेलको चौथो दिनमा पाकिस्तानले दोस्रो चरणको ब्याटिङ गरिरहेको छ। यदि उसले ३१० रन बनाउन नसके इंग्ल्यान्डले एक पारीले नै खेल जित्नेछ।

यो पाकिस्तानका लागि लज्जास्पद हार हो। यसो भनिरहँदा यो इंग्ल्यान्डका लागि सानदार जित पनि हो। त्यसैले भन्न सकिन्छ– कोरोनापछि इंग्ल्यान्डले क्रिकेटको महारथीका रुपमा कमब्याक गरेको छ। उसको विस्फोटक ब्याटिङ र कसिलो बलिङ विश्वका कुनै पनि टिमलाई भारी पर्ने देखिएको छ।

उपनिवेशकालखि नै आफूलाई विश्वको उत्कृष्ट देश मान्ने इंग्ल्यान्ड सन् १२०० तिरै मानव अधिकारको विश्वव्यापी घोषणापत्र म्याग्नाकार्टाको इतिहास बोकेर अघि बढेर ३०० वर्षदेखि प्रजातन्त्रको सफल अभ्यास गरिरहेको छ। राजनीतिक रुपमा सफल इंग्ल्यान्डले क्रिकेटका माध्यमबाट पनि फेरि एकपटक आफूलाई विश्वको अव्बल सावित गरिरहेको छ।

–एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Aug 24, 2020| 19:00 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।