शुक्रबार, वैशाख ७, २०८१

सुदूरपश्चिममा थप ११४ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

triton college

सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको परीक्षण हुँदा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठ बताए।
उनका अनुसार कैलालीका २९, अछामका १८, डोटीका ६, कञ्चनपुर र बझाङका दुई÷दुई जनामा संक्रमण देखिएको छ।
कैलालीमा संक्रमित हुनेमा धनगढी उप–महानगरपालिकाका १३ जना, टीकापुरका १४ जना र मोहन्याल गाउँपालिकाका दुई जना छन्।
अछामको मंगलसेनका १४ जना, साँफेबगरका तीन जना र एक जना स्थानीय तह नखुलेका पुरुषमा पनि संक्रमण देखिएको श्रेष्ठले बताए।

डोटीको आदर्श गाउँपालिकाका चार र बोगटानका दुई जना, कञ्चनपुरको भीमदत्त नगरपालिका, बेल्डाँडी गाउँपालिकाका एक÷एक जना र बझाङका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक हजार एक सय ६ जनाको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो।

corrent noodles
Metro Mart

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका आठ जना, गौरीगंगा नगरपालिकाका सात जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका आठ जना, महाकाली नगरपालिकाका एक जना र बैतडीमा नेपाली सेनामा कार्यरत एक जनामा कोरोना पुष्टि भएको भुसालले बताए ।

प्रकाशित: Aug 24, 2020| 18:23 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।