शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • तुइन काटेर जयसिंहलाई महाकालीमा खसालिदिने एसएसबीविरुद्ध परिवारको उजुरी

तुइन काटेर जयसिंहलाई महाकालीमा खसालिदिने एसएसबीविरुद्ध परिवारको उजुरी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएका स्थानीय जयसिंह धामीका आफन्तले भारतीय सीमा सुरक्षा बल (एसएसबी) विरुद्ध उजुरी दिएका छन्।
 |  शनिबार, साउन १६, २०७८

भीम चौधरी

भीम चौधरी

शनिबार, साउन १६, २०७८

धनगढी- भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएका स्थानीय जयसिंह धामीका आफन्तले भारतीय सीमा सुरक्षा बल (एसएसबी) विरुद्ध उजुरी दिएका छन्।

triton college

तुइन काट्ने भारतीय सीमा सुरक्षा बलविरुद्ध जयसिंह धामीका आफन्तले तुइन नजिकको क्षेत्रमा रहेको भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलको पागला प्रहरी थानामा उजुरी दिएका हुन्। 

घटनाबारे सत्यतथ्य बुझेर मुचुल्का तयार गर्न स्थानीय जोगासिंह धामी र बहादुर सिंह धामीले धार्चुलाको पागला प्रहरीमा उजुरी दिएका हुन्।

दार्चुलाको व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट भारततर्फ जाने क्रममा शुक्रबार भारतीय सीमा सुरक्षा बलले तुइन काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता छन्।

उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न भारत र नेपालका प्रशासनलाई अनुरोधसमेत गरेका छन्।

corrent noodles
Metro Mart

भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा धामी बेपत्ता भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। 

घटना यस्तो थियो 

व्यास गाउँपालिका–२ मालका जयसिंह धामीसहित ७ जना शुक्रबार दार्चुला सदरमुकाम खलंगा जान मालघाट पुगेका थिए। उनीहरु मालघाटबाट तुइनमार्फत् महाकाली नदी तरेर खलंगा बजारसम्मको गन्तव्य तय गरेका थिए।

वृद्धभत्ता ल्याउन सदरमुकाम जान हिँडेका मनिरामसिंह धामी, गौरसिंह धामी र आमाको भत्ता लिन गएका अमरसिंह मालघाट पुगेका थिए। विदेश जाने तयारीमा रहेका जयसिंह धामी, विक्रम रंकली र अमता धामी पनि तुइनमा पुगेका थिए। 

मालघाटमा तुइन सञ्चालन गर्दै आएका कल्याण धामीका अनुसार उनीसँगै स्थानीय बहादुरसिंह धामी पनि थिए।

‘एकएक गरी उनीहरू तुइन तर्न सुरु गरे। भत्ता लिन जाने तीन जना महाकाली तरिसकेका थिए। काठमाडौं जान हिँडेका दुई जना वारि नै थिए।’ तुइन सञ्चालक कल्याण धामीले भने, ‘जयसिंह धामी डेढ मिनेट जति तुइन तानेर पारी पुग्नै लागेका थिए। त्यही बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका जवान हतियारसहित पुगे। उनीहरूले रूखमा बाँधेको तार खोले। तार फुत्केर आयो । तारसँग लड्पटिएर जयसिंह महाकालीमा खसे।’ 

तुइन सञ्चालक कल्याण धामीले भने, ‘जयसिंहलाई महाकालीको छेउबाट बगेको मैले देखेँ ‘उनलाई पौडी खेल्न आएन। तलसम्म बगेको देख्यौं। पौडी खेल भनेर सिटी मा¥यौं। २० मिटर तल पुगेपछि उनी डुबे।’

पूर्व नेपाली सेना जयसिंह विदेश जाने तयारीमा

सात वर्ष नेपाली सेनामा काम गरेका जयसिंह धामी विदेश जाने तयारीमा थिए। भिसा आएको भन्ने खबर आएपछि उनी काठमाडौं हिँडेका थिए। ‘केही दिनअघि भिसा आएको काठमाडौंबाट खबर आएको थियो’ नरेन्द्र धामीले भने, ‘दाइ त्यही कामको लागि काठमाडौं जाने भनेर हिँडेका थिए।’

बर्खामा त्यही बाटो भएर दार्चुला सदरमुकाम

बर्खामा राप्ला माल गाउँका स्थानीयहरु भारतीय भूमि हुँदै दार्चुला सदरमुकाम खलंगा जाने गर्छन्। नेपाली भूमीबाट खलंगा पुग्न बर्खामा असम्भव हुन्छ। ‘ठाउँठाउँमा सडक भत्केर हिँड्न सकिँदैन’, वडा नम्बर २ का सदस्य वीरेन्द्र बुढाथोकीले भने, ‘नदीपारि भारतीय गाडी चढेर सदरमुकाम पुग्न सकिन्छ। तुइनबाट महाकाली नदी तरेपछि पुग्न सकिन्छ।’ ‘नेपालको माल गाउँ र भारतको गस्कु जोड्ने रज्जु मार्ग पुस्तौँदेखि छ’ उनले भने, ‘मालपोत कर तिर्न, नागरिकता बनाउन, नुनतेल किन्न यही बाटो प्रयोग गर्नुपर्छ।’

शिलान्यास भयो तर अहिलेसम्म बनेन पुल

विसं. ०७४÷०७५ मा तुइन भएको मालघाटमा पुल बनाउन नेपाल सरकारको तर्फबाट सहमति भएको थियो। सोका लागि ठेक्का सम्झौता पनि भएको थियो। पुल निर्माणको काम सुरु पनि भएको थियो। तर, ठेकदारले अझै बनाइनसकेको स्थानीयहरुको भनाइ छ। 

दार्चुलाका प्रजिअले पिथौरागढका जिल्ला अधिकारीलाई गरे पत्राचार

महाकाली नदीमा तुइन तरेर भारत जाँदा नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गरेका छन्। 

प्रमुख जिल्ला अधिकारी जोशीले इमेलबाट पिथौराढका जिल्ला अधिकारीलाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट ‘जोशी’ ले बताइन्। उनले भनिन्, बोधार्थमा पिथौरागढको धार्चुला तहशिलका उप–जिल्ला अधिकारीलाई पनि सम्बोधन गरेका छौँ।’ भट्टले नेपालतर्फबाट पनि घटनाबारे छानबिन भइरहेको बताइन्। 

प्रहरी भन्छ, सत्यतथ्य खुलेको छैन 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले घटनाबारे सत्यतथ्य नखुलेको बताए। उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।’

गृह सचिवको नेतृत्वमा छानबिन समिति

गृहमन्त्री बालकृष्ण खाँणले गृह सचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन्। छानबिन समितिको सदस्यमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख (डीआईजी) र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी छन्। गृह मन्त्री खाँणले समितिलाई जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्।

प्रकाशित: Jul 31, 2021| 19:30 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।