चितवनमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ५ वर्षीया बालिकासहित भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिइन्।
संक्रमितहरुमध्ये ५ जना पुरुष र ७ जना महिला छन् भने उनीहरु ५ देखि ५५ वर्ष उमेर समूहका छन्। उनीहरु भरतपुर महानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११ र १२ का हुन् ।
उनीहरुको भरतपुर महानगरपालिकाका क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो। चितवनमा कोरोना संक्रमितको संख्या ३६४ पुगेको छ।