बिहीबार, वैशाख ६, २०८१

संयम भएर महामारीको सामना गर्न कांग्रेसको अपिल

नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण दर बढिरहेकाले संयम, एकता र दृढताका साथ यसको सामना गर्न सबैमा अपिल गरेको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं- नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण दर बढिरहेकाले संयम, एकता र दृढताका साथ यसको सामना गर्न सबैमा अपिल गरेको छ।

triton college

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति प्रकाशित गरी कोरोनाको संक्रमणबाट जनताको जीवन रक्षामा समर्पित हुनु सबै राजनीतिक दल एवम् संघसंस्थाहरुको साझा कर्तव्य भएको औंल्याउँदै आपसी एकता र विश्वासका साथ लड्न आग्रह गरेका छन्।

कोरोना रोकथामका लागि भन्दै देशका कयौं भागमा लक डाउन र निषेधाज्ञा जारी रहँदा जनजीवन कष्टकर बनेको उल्लेख गरेका छन्। यस महामारीविरुद्ध लड्न आफ्नो कार्यक्षेत्रमा उच्चतम मानवीय भावनाका साथ थप क्रियाशिल रहन कांग्रेसका नेताकार्यकर्ता सँगै सबै दल, संघसंस्थामा आबद्धलाई देउवाले आग्रह गरेका छन्।

‘कोरोना महामारीका कारण उत्पन्न यस्तो प्रतिकुल समयमा समस्त दिदीबहिनी दाजुभाइलाई संयम र एकताका साथ आजको परिस्थिति सामना गर्न हार्दिक अपिल गर्दछु’ देउवाले विज्ञप्तिमा भनेका छन्।

प्रतिकुल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहेकोमा देउवाले हृदयदेखि नै प्रशंसा गरेका छन्।

corrent noodles
Metro Mart

अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन बिशेष ध्यान पु¥याउन उनले सरकारलाई आग्रहसमेत गरेका छन्।

‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सजग गराउन चाहन्छु।’

आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको उल्लेख गर्दै विज्ञप्तिमा आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा भएको औँल्याइएको छ।

‘आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरु सँगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भूमिका निरन्तर निभाइरहेका संचारकर्मी एवम् सफाईमा खटिएका सफाईकर्मीहरुलाई हृदयदेखि सम्मान गर्दै यो प्रतिकूलतामा निर्वाह गरेकोको भूमिकाको उच्च सह्राना गर्दछु’ विज्ञप्तिमा देउवाले भनेका छन्।

लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोनाविरुद्धको संघर्षलाई नयाँ ढंगले व्यवस्थित गर्न सरकारलाई अपिलसमेत गरिएको छ।
पीसिआर परीक्षण ७७ जिल्लामै गर्नेगरी अविलम्ब क्षमता बिस्तार गरेर समुदायस्तरमा परीक्षण व्यापक रुपले पुर्याउन विज्ञप्तिमा माग गरिएको छ।

कोभिड अस्पतालहरु निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न तथा खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गरिएको छ।

विदेशमा अप्ठ्यारोमा परेर देश फर्कन चाहने नेपालीलाई उद्धार गर्न नेपाली कांग्रेसले शुरुआतदेखि नै सरकारलाई सचेत गराउँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा सरकारले देखाएको ढिलासुस्ती र अन्यौलताले प्रवासी नेपालीको पीडामाथि पीडा थपिएको औँल्याइएको छ।

विदेशमा रोजगार गुमाएर बेखर्चीसमेत भएका युवाहरूलाई कल्याण कोषको रकम प्रयोग गरेर निःशुल्क उद्धार गर्न माग पनि गरिएको छ।

प्रकाशित: Aug 23, 2020| 15:35 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।