बिहीबार, वैशाख १३, २०८१

लागुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट १० जना पक्राउ

प्रतिवन्धित लागुऔषधसहित प्रहरीले देशका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं- प्रतिवन्धित लागुऔषधसहित प्रहरीले देशका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको छ।

triton college

प्रहरीका अनुसार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४ देवखोलाबाट करिब ५ केजी ९ सय ६५ ग्राम अवैध लागूऔषध अफिमसहित २ जनालाई शनिबार बिहान पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–९ खारावाङ बस्ने २१ वर्षीय थमचन्द्र रोका र सिस्ने गाउँपालिका–१ भट्टेचौर बस्ने २६ वर्षीय अमित विसी छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रोकाको साथबाट करिब ३ केजी २० ग्राम र विसीको साथबाट करिब २ केजी ९ सय ४५ ग्राम उक्त अफिम बरामद गरेको जनाएको छ।

यस्तै चितवन, भरतपुर महानगरपालिका–१८ चनौली बजारबाट बा.३ ख ७९५८ नम्बरको मिनीट्रकमा लुकाई छिपाई ल्याएको करिब ४५ किलो अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेकोछ।

corrent noodles
Metro Mart

पक्राउ पर्नेहरूमा सोही मिनीट्रकका चालक धादिङ धाक्रे गाउँपालिका–३ बस्ने २४ वर्षीय ईन्द्रबहादुर तामाङ र सहचालक सोही ठाउँ बस्ने २१ वर्षीय दोर्जे तामाङ छन्।

ईलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकभित्र लुकाएर राखेको उक्त परिमाणको गाँजा फेला परेको हो।

प्युठान, सरूमारानी गाउँपालिका–३ कासकोट बस्ने ६२ वर्षीय तोमे बहादुर सामतलाई २१ केजी ८ सय ६० ग्राम अवैध लागुऔषध गाँजा सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा लागुऔषध लुकाएर राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारेको हो।

उदयपुर, बेलका नगरपालिका–८ बस्ने ४९ बर्षीय भुपाल राईसहित ३ जनालाई अन्दाजी ७ केजी लागुऔषध गाँजा र नगद ३३ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा तथा नगदसहित उनीहरुलाई पक्राउ गरेको हो।

यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका–११ सुनार मन्डीस्थित सुनचाँदी पसलबाट अन्दाजी ५ ग्राम ३ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद ३३ हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँमा सुनचाँदी पसल गरी बस्ने २८ वर्षीय ईन्पियाज खान र ३० वर्षीय सोनु खान छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा पैसा राख्ने घर्रामा लुकाएर राखेको लागुऔषध तथा नगद फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।

मोरङको जहदा गाउँपालिका–३ हातीबंदाबाट १४ केजी लागुऔषध गाँजा शनिबार बिहान प्रहरीले बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका को.१८ प २६१९ नम्बर र बिआर ३८ आर ९४४० नम्बरका २ मोटरसाइकलमा सवार अपरिचित व्यक्तिहरूले मोटरसाइकल र झोला छाडी फरार भएका थिए।

प्रकाशित: Aug 22, 2020| 18:30 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।